Shivam

शंकरले फर्काए बालेनलाई जवाफ- अधिकृत किन जान मानेका छैनन भन्नेमा ध्यान पुगेन

0
Burger

 

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संघीय सरकारलाई महानगरलाई असहयोग गरेको आरोप लगाएपछि नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत प्रतिउत्तर दिएका छन् ।

शुक्रबार साँझ मेयर शाहले सामाजिक सञ्जालमा लेख्दै संघीय सरकारले महानगरलाई ‘भोको पेट मारेर’ कमजोर बनाउने प्रयास गरेको बताएका थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै लेखे, ‘प्रधानमन्त्रीज्यू, भोको पेट मारेर मलाई हराउन खोज्नु भएको छ, हामी त तपाईंको मदन भण्डारीको सपना पूरा गर्न हिंडेको मान्छे !’

उनको यो अभिव्यक्तिपछि महासचिव पोखरेलले शाहको ध्यान कार्यकारी अधिकृत जान नमान्नुको वास्तविक कारणतर्फ नपुगेको टिप्पणी गरे । पोखरेलले लेखे, ‘काठमाडौं महानगरका मेयर बालेन शाहले सरकारले कार्यकारी अधिकृत नपठाएको विषयमा असन्तुष्टि जनाएका छन् । तर, पछिल्लो समय कार्यकारी अधिकृत जान किन मानिरहेका छैनन् भन्ने सवालमा उनले ध्यान दिएका छैनन् ।’

उनले थपे, ‘कार्यकारी अधिकृत जान नमान्नुको कारण जेसुकै भए पनि सरकारले विशेष व्यवस्था गरी अविलम्ब अधिकृत पठाउनुपर्छ ।’

काठमाडौं महानगरमा लामो समयदेखि कार्यकारी अधिकृत नहुँदा प्रशासनिक काम प्रभावित भएको बताइन्छ । तर, यस विषयमा महानगर र संघीय सरकारबीच टकराव जारी छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।