Shivam

श्रीमतीसहित पोखरा गए रास्वपा सभापति लामिछाने

0
Burger

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अदालतको तारिख बुझ्न कास्की पुगेका छन् । उनको सचिवालयका अनुसार, उनी आज जिल्ला अदालत कास्कीमा उपस्थित भएर कानुनी प्रक्रिया पूरा गर्दै छन् ।

लामिछानेसँग उनकी पत्नी निकिता पौडेल पनि रहेकी छन् । कास्कीको प्रक्रिया सकेर उनी सिधै रुपन्देही जानेछन्, जहाँ भोलि उनले जिल्ला अदालत रुपन्देहीमा तारिख बुझ्ने कार्यक्रम रहेको छ ।

लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा कास्की अदालतबाट ६५ लाख धरौटीमा रिहा भएका थिए भने रुपन्देहीमा उनले १ करोड धरौटी बुझाएका थिए। यसअघि, काठमाडौं र चितवन अदालतबाट पनि उनी धरौटीमा रिहा भइसकेका छन् । पर्सा जिल्ला अदालतमा भने अहिलेसम्म मुद्दा दर्ता भएको छैन ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।