जनमत पार्टी रुपन्देहीको होली मिलन कार्यक्रम

भैरहवा ।जनमत पार्टी रुपन्देहीले होली मिलन कार्यक्रम सम्पन्न गरेको छ । पार्टी कार्यालय भैरहवामा विहिवार कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमको जनमत पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादवले कार्यक्रमको उदघाटन गरेका हुन् ।
कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय सचिव यादवले होलीले नेपालीहरूलाई सांस्कृतिक एकताको सूत्रमा बाँध्ने काम गरेको बताउँदै यसले आपसी सद्भाव र धार्मिक सहिष्णुता प्रवद्र्धन गर्दै आएको उल्लेख गरे। उनले नेपाली समुदायले मनाउने चाडपर्वको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई आत्मसात् गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए।
कार्यक्रममा जनमत पार्टी लुम्बिनी प्रदेशका इन्चार्ज राजेन्द्र गुप्ता , पुर्व मन्त्री तथा लुम्बिनी प्रदेश सांसद चन्द्रकेश(सिके) गुप्ता लगायतले बोल्दै होली पर्वले धार्मिक एकता मजबुत पार्ने उल्लेख गर्दै सामाजिक एकताको माध्यमका रूपमा यसको भूमिका महत्वपूर्ण रहेको बताए ।
जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थितीमा कार्यक्रम गरिएको जनमत पार्टीका जिल्ला इन्चार्ज रामकेश गुप्ताले बताए ।