Shivam

आइतबार सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ किनबेच ?

0
Burger

काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।

आज छापावाल सुन प्रतितोला १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन १ लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यो अहिलेसम्मकै उच्च हो ।

चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेर २ हजार ४५ रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन चाँदी २ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।