Shivam

होली खेल्ने क्रममा भएको विवादमा छुरा प्रहार, १९ वर्षीय युवकको मृत्यु

0
Burger

काठमाडौं । होली खेल्ने क्रममा शनिवार साँझ जनकपुरधाम उपमहानगरपालिका-२३ बिन्धी चोकमा भएको विवादमा छुरी प्रहारबाट एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाकाअनुसार मृतक १९ वर्षीय आँशु यादव रहेका छन् । छुरी प्रहार गरेको आरोपमा जनकपुरधाम-२३ का २१ वर्षीय धर्मेन्द्र महतोलाई पक्राउ गरिएको छ ।

धनुषा प्रहरीले दिएको प्रारम्भिक जानकारीअनुसार होली खेल्ने क्रममा रमाइलो गरिरहँदा विवाद उत्पन्न भएको थियो । सोही क्रममा धर्मेन्द्र महतोले छुरी प्रहार गर्दा गम्भीर घाइते भएका आँशुलाई अस्पताल लगिएको थियो । तर उपचारका क्रममा उनको मृत्यु भयो ।

धनुषासहित मधेसका अधिकांश जिल्लामा शुक्रवार होली मनाइएको भएपनि जनकपुरधाममा भने शनिवार होली मनाइएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक ९डीएसपी० वरुणकुमार सिंहले जानकारी दिए ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।