Shivam

सुनको मूल्यमा लगातार नयाँ ऐतिहासिक रेकर्ड

0
Burger

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज सुन प्रतितोला ८ सय रुपैयाँले बढेर हाल सम्मकै उच्च मूल्यमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेर २ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार चाँदी २ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।