ओली सरकार मुर्दावाद भन्दै माइतीघरमा प्रदर्शन


काठमाडौं । काठमाडौं स्थित माइतिघरमा मुक्कुमलुङ संरक्षण गर्न भन्दै प्रदर्शन गरिएको छ ।
बुधबार मुक्कुमलुङ ताङ्सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले मुक्कुमलुङ संरक्षणको लागि सिंहदरबार घेराउ कार्यक्रम अन्तर्गत माइतीघरमा प्रदर्शन गरेको हो ।
भ्रष्टाचार,माफिया दलाल,गुण्डाहरुको नाइके ओली सरकार मुर्दावाद । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी,नगर प्रमुख र प्रहरी नायव उपरीक्षक(डिएसप्)लाई तुरुन्त कारबाही गर जस्ता नारा सहितका प्ले कार्ड बोकेर प्रदर्शन गरिएको हो ।
