Shivam

पुनरावेदनका लागि उच्च अदालत जाँदै रवि लामिछाने

0
Burger

 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने बजे पाटन उच्च अदालत जाने भएका छन् । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन प्रकरण मुद्दामा माघ ३ गते काठमाडौँ जिल्ला अदालतले गरेको आदेशविरुद्ध पुनरावेदन निवेदन दर्ता गर्न लामिछाने आज पाटन उच्च अदालत जाने भएका हुन् ।

लामिछानेले कालीमाटीको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा आएको रकमबारे भएको सुनुवाइमा आफ्नो सहमति नभएको बयान दिएका छन् । सो मुद्दामा माघ २ गते लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश भएको थियो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।