Shivam

गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका विषयमा बनाइएको प्रतिवेदन लुकाइएको भन्दै आलोचना

0
Burger

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका विषयमा सार्वजनिक लेखा समितिले बनाएको उपसमितिको प्रतिवेदन अहिलेसम्म लुकाइएको भन्दै सांसदहरुले चर्को आलोचना गरेका छन् ।

समितिको शुक्रवारको बैठकमा बोल्ने सांसद्हरुले लेखा समितिले भैरहवा, पोखरा एयरपोर्टका विषयमा अध्ययन गर्न गठित उपसमितिले अझै प्रतिवेदन समिति समक्ष नबुझाएको भन्दै सांसद्हरुले आक्रोस पोखेका हुन् ।

बैठकमा नेकपा (एकीकृत समाजवादी) सांसद प्रेमबहादुर आलेले फेरि उपसमितिहरु बनाउने कुरा आएको भन्दै भैरहवा, पोखराको एयरपोर्टका विषयलाई डाइभर्ट गर्न खोजिएको त होइन ? भन्दै प्रश्न गरे ।
उनले भने,‘उपसमितिहरु बनाएर भैरहवा, पोखराको एयरपोर्टका विषयलाई डाइभर्ट गर्ने त होइन भन्ने मलाई शंका उत्पन्न भएको छ । स्वार्थबाझिने गरी कुनै सदस्यलाई उपसमितिको संयोजक बनाइएपछि के रिजल्ट आउछ ? उपसमितिका रिपोर्टहरु कुन समयभित्र आइसक्ने भन्नेमा एउटा सीमा तोक्नुपर्छ । विगतमा ट्रक लाइन डेडकेटर लाइनको वक्यौता उठाउने भनेर लेखा समितिबाट एकाध बाहेक सर्बसम्मत रुपमा निर्णयमा पुग्दा समेत सभापतिले बैठक स्थगन गर्नुभयो ।’

जबसम्म भैरहवा, पोखरा विमास्थल र ट्रक र डेडिकेटर लाइन नटुंगिने हो आफू कुनैपनि समितिमा नबस्ने समेत बताए । नेकपा एमाले सांसद गोकुल बास्कोटाले पोखरा र भैरहवाका सन्दर्भमा उपसमिति बनेको बताउँदै त्यसको प्रतिवेदन तयार भइसकेको बताए ।

उजुरी नपरी भैरहवा पोखराका बारेमा छनविन गरेर उपसमिति काम गरेको बताउँदै उनले फेरि उजुरीका भरमा छानविन गर्न आफू तयार नहुने बताए । आग्रह, पूर्वाग्रह, आशंकाका आधारमा कतिपय उजुरीहरु परेको बताउनु भयो । त्यस्ता उजुरीमा समितिमा छलफल चलाइन नहुने बताए ।

उनले भने,‘आग्रह, पूर्वाग्रह, आशंकाका आधारमा कतिपय उजुरीहरु परेका छन् । त्यस्तामा छलफल चलाइँदा परिणाम निस्कँदैन । बेकारको गिजल्ने कुरामा म सहमत हुँदैन ।’ समिति सभापति ऋषीकेश पोखरेलले जतिपनि उपसमितिहरु बनाएर समितिमा छलफल भएका छन ती उजुरीहरुकै आधारमा भएको बताउनु भयो । भैरहवा पोखरा एयरर्पोटको उपसमितिका प्रतिवेदन नआएकोबारे सांसद्हरुले उठाएको प्रश्नमा पोखरेलले प्रतिवेदन नल्याउँदै आनावश्यक टिकाटिप्पणी गर्न राम्रो नहुने बताए ।

उनले भने,‘हामीसँग आएका जतिपनि उजुरीहरु छन्, जतिपनि उपसमिति बनाएर छलफल गरेका छौं । त्यो उजुरीकै आधारमा भएको हो । उजुरीकै आधारमा उपसमितिले काम गरिरहेको छ । कतिपय उपसमितिहरु बनेर काम पनि सकिसकेका छन्, प्रतिवेदन नल्याउँदै आनावश्यक टिकाटिप्पणी गर्न राम्रो हुँदैन ।’

गत जेठमा लेखा समितिले गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा विमानस्थलका बारेमा उपसमिति बनाएर अध्ययन गराएको थियो । उपसमितिले प्रतिवेदन तयार गरेको बताउँदै आएपनि अहिलेसम्म समितिलाई बुझाएको छैन । जसकारण सांसदहरुले प्रश्न उठाउँदै आएका छन् ।

समितिमा बोल्ने अन्य संसद्हरुले समितिमा आउने उजुरीहरुलाई छिटो टुंग्याउन प्रभावकारी रुपमा लाग्नुपर्नेमा जोड दिए । उनीहरुले संसदीय समितिमा परेका उजुरीहरुमाथि प्रभावकारी रुपमा छलफल गरेर निचोडमा पु¥याउन नसकेको भन्दै सभापतिको आलोचना समेत गरे ।

ठूलो संख्या उजुरीहरु आएको र त्यसबारे निष्कर्शमा पुग्नेगरी समिति सभापति ऋषिकेश पोखरेलले छलफल नचलाएको भन्दै आलोचना गरे । नेपाली काँग्रेस सांसद राजेन्द्रकुमार केसीले उजुरीहरुलाई कलस्टर बनाएर समितिमा छलफल गर्नुपर्ने बताए ।

उनले भने,‘जसरी हामीले बेरुजुका लागि छलफल गर्न कलस्टर बनायौं, अरु उजुरीहरुको पनि त्यस्तै कलस्टर बनाएर छलफल गर्नुपर्‍यो । कलस्टरलाई कार्यदेश बनाएर उजुरीकर्ता र आरोपितलाई बोलाएर छलफल चलाउनुप¥यो । उपसमितिहरुले गरेको छलफलका आधारमा समितिमा उजुरीहरुमाथि छलफल अघिबढाउनुपर्‍यो ।’

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले मन्त्रालयगत, निकायगत उजुरीहरु छुट्टाएर उपसमिति बनाई छलफल चलाउन ढिला गर्न नहुने बताए । उनले भने,‘कुन मन्त्रालय अन्तर्गत, कुन क्षेत्रसंवद्ध कति उजुरी छ त्यसको निक्यौल गरेर उपसमिति बनाएर छलफल गर्दा ठिक हुन्छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् हरि ढकालले उपसमितिले कामै गर्न नसकेको बताउनु भयो । ढकालले निर्णय भइसकेका विषयहरु समेत कार्यान्वयनमा जान नसकेको बताए । सिमेन्टको भाउ अप्रकृतिक रुपमा बढेको भन्दै समितिबाट निर्देशन भएको र महिनौंसम्म पनि उद्योग मन्त्रालयले कुनै ठोस निर्णय नगरेको बताए । उनले यसले समितिको निर्णयमाथि नै प्रश्न उठेको बताए । यसले निर्देशनमाथि निर्देशन दिने काम मात्रै हुने हो की भन्ने चिन्ता उब्जाएको बताए ।

उनले भने,‘बेरुजु फछ्यौट उपसमितिले काम गर्न सकेको छैन । समय दिन नसक्ने माननियहरु बस्नु भएन । ४÷५ ओटा भन्दा बढि बैठक नै बस्न सकेन । यसमा विशेष ख्याल गरौं ।’ नेकपा एमाले सांसद योगेश भट्टराईले उजुरीहरु धेरै परेको र निरन्तर बैठक बस्दा पनि टुंगिन गाह्रो रहेको बताए ।

उनले भने,‘हरेक उजुरी एकदिनमा टुंगिनेवाला छैनन् । प्रमाणसहित विभिन्न रिपोर्टहरु चाहियो, कतिपय सिरियस इस्यूहरु पनि छन,् विशेष महत्व दिएर छलफल गरिनुपर्‍यो । समितिमा आइसकेपछि गम्भिरताका साथ हेरिनुपर्छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले उजुरी उपर समूह बनाएर अध्ययन गरी परिणाम आउनेगरी काम गर्न जरुरी रहेको बताए । उनले समितिले निर्देशन दिएपछि त्यसको पालना कति हुन्छ भन्नेबारे ख्याल गरिनुपर्ने बताए । उनले सिमेन्ट, छड रडको बारेमा अहिले समितिमा छलफल चलाइनुपर्ने बताए ।

उनले भने,‘समुह बनाउने, परिणाम आउने गरी काम गर्ने र फलोअप गर्न जरुरी छ । उहाँले भन्नुभयो–समय सान्दर्भिकताका आधारमा समितिमा छलफल चल्नुपर्छ, अहिले सिमेन्ट, छड रडको चर्चा छ । एक वर्षपछि अध्ययन गरेर छलफल चलाएर सान्दर्भिक मरिसकेको हुन्छ ।’

उनले उजुरी हेर्न नमिल्ने भए कारण खुलाएर उजुरीकर्तालाई भनिदिनुपर्ने बताए ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।