Shivam

अन्तर्राष्ट्रियस्तरको ओआईडीपी अवार्डको उत्कृष्ट ४०मा तिलोत्तमा छनौट , विजेता बनाउन अनलाईन मार्फत भोटिङ गर्न अपिल

0
Burger

बुटवल ।रुपन्देहीको तिलोत्तमा नगरपालिका नागरिक सहभागितामा असल अभ्यास गर्ने विश्वभरका स्थानीय तथा प्रदेश सरकारहरुबीचको अवार्ड प्रतियोगिताको प्रारम्भिक सूचीमा परेको छ । तिलोत्तमाले ८ वर्षसम्म निरन्तर जारी राखेको जनसहभागितामा आधारित नगर सरसफाई र हरियाली प्रवद्र्धन अभियानकै कारण खुला पोलिथिनमुक्त वातावरणमैत्री नगर भएकोले विश्वस्तरमै तिलोत्तमा उत्कृष्ट नगर बन्न पुगेको हो ।

विश्वका उत्कृष्ट ४० मध्यमा परेको तिलोत्तमा नगरलाई ओआईडीपी अवार्डको विजेता बनाउन अनलाईन भोटिङ्ग गर्न नगरपालिकाले आवह्वान गरेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका नागरिक सहभागितामा असल अभ्यास गर्ने विश्वभरका स्थानीय तथा प्रदेश सरकारहरुबीचको अवार्ड प्रतियोगिताको प्रारम्भिक सूचीमा परेको छ ।

अर्जेन्टिनाको इन्टरनेसनल अब्जरभेटरी अन पार्टिसिपेसन (ओआईडिपी) संस्थाले गर्ने २४औं संस्करणको अवार्डका लागि तिलोत्तमा प्रारम्भिक सूचीमा परेको हो । नेपालबाट रुपन्देहीको तिलोत्तमा नगरपालिका छनोट भएको नागरिक सहभागितामा असल अभ्यासको अन्तर्राष्ट्रिय अवार्डको अनलाइन भोटिङ समेत खुला भएको भैसकेको छ ।

स्पेनको इन्टरनेसनल अब्जरभेटरी अन पार्टिसिपेसन डेमोक्रेसी संस्थाले १९औं संस्करणको ओआईडिपी अवार्डका लागि मागेको आवेदनमा विश्वका ३७ देशका स्थानीय र प्रदेश सरकार गरी १३७ मध्ये उत्कृष्ट ४० बीच अनलाइन भोटिङ खुला गरेको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले बताए । उनले अवार्डमा रुपन्देहीको तिलोत्तमा नगरपालिका फाइनल प्रतिस्पर्धाका लागि यसअघि नै छनोट भएको बताउँदै अब ४० आवेदकबीच मार्च २८ सम्म हुने अनलाइनमार्फत हुने खुला भोटिङको ५० अंक र जुरी (निर्णायक) को ५० अंकका आधारमा अवार्ड विजेता घोषणा गरिने ओआईडीपीले आफ्नो वेबसाइटमा उल्लेख गरेअनुसार सबैलाई भोटिङ्ग गर्न आग्रह गरे ।

मे महिनाको २१ देखि २३ सम्म अर्जेन्टिनाको कोर्डोबामा हुने २४औं ओआइडिपी कन्फेरेन्स (सम्मेलन) मा अवार्ड वितरण गरिने छ । नगरवासीको वृहत सहभागितामा हरेक महिनाको १ गते र १५ गते नगर सरसफाई तथा हरियाली प्रवद्र्धन अभियानलाई २०७४ सालदेखि ८ वर्षसम्म निरन्तर सञ्चालन गरेकाले तिलोत्तमा नगरपालिकाका यो अवार्डको फाइनलमा पुग्न सफल भएको नगर प्रमुख रामकृष्ण खांणले बताए ।

नेपालको मात्र नभई सार्क राष्ट्रहरुमध्येबाट तिलोत्तमा मात्रै अवार्डको अन्तिम प्रतिस्पर्धामा पुग्न सफल भएकाले अब विजेता बनाई नेपालको नाम संसारभर थप चिनाउन विश्वभर रहेका नेपालीलाई अनलाइन भोटिङ गरिदिन नगरप्रमुख खांण र उपप्रमुख जगेश्वरदेवी चौधरीले अपील गरेका छन् । विश्वभर पारिस्थितिक प्रणाली र वातारणको विषय ज्वलन्त समस्या रहेको बेला वृहत जनसहभागितामा हरियाली प्रवद्र्धन र नगर ससरफाईमा नमूना काम गरेकाले तिलोत्तमा विश्वस्तरको आँखामा छाएको उपप्रमुख जगेश्वर देवी चौधरीले बताइन् ।

तिलोत्तमाले ८ वर्षसम्म निरन्तर जारी राखेको जनसहभागितामा आधारित नगर सरसफाई र हरियाली प्रवद्र्धन अभियानकै कारण खुला पोलिथिनमुक्त वातावरणमैत्री नगर भएकोले यो उपलब्धीलाई थप उचाईमा पुराउन ओआईडीपी अवार्डमा नेपाल र विश्वभरका नेपालीबाट अनलाइन भोटको सहयोग आवश्यक रहेको उपप्रमुख चौधरीले आग्रह गरिन् ।

ओआइडिपीले विभिन्न पाँच विधामा अनलाइन भोटिङ गर्नुपर्ने नियम बनाएकाले एउटा मात्र विधामा भोट दिंदा रद्द हुने भएकाले तिलोत्तमालाई पारिस्थितिक संक्रमण र वातावरण (इकोलोजिकलक ट्रान्जिसन एण्ड इन्भाइरन्मेन्ट) विधामा मत दिन सकिने छ । ओआइडिपीको वेबसाइटमै गएर इमेल खाता सिर्जना गरी मत दिन सकिने छ ।

तिलोत्तमा नगरपालिकाले २०७४ सालदेखि हरेक १५ दिनमा जनसहभागितामा सरसफाई तथा हरियाली प्रवद्र्धन अभियान आठौं वर्षमा निरन्तर चलाउँदै आएको छ । उक्त अभियानको १४० औं श्रृंखला सम्पन्न भएको छ । अवार्डमा विजेता बनाउन तिलोत्तमा ओआईडिपीको वेवसाईटमा गरी भोटिङ्ग गर्न सबैमा आग्रह गरिएको छ ।

 

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।