Shivam

झापामा १६३६ किलो गाँजासहित दुई ट्रक नियन्त्रणमा, दुई युवक पक्राउ

0
Burger

काठमाडौं ।  झापा जिल्लाको मेची राजमार्गस्थित बुद्धशान्ति गाउँपालिका-४ मा शुक्रबार सशस्त्र प्रहरीले ठूलो परिमाणमा गाँजासहित दुईवटा ट्रक नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा गरिएको अपरेशनमा धनकुटा जिल्लाको शहीदभूमि नगरपालिका-४ का महेश राई र इलामको माइजोगाई गाउँपालिका-२ का ३७ वर्षीय गंगाबहादुर बस्नेत पक्राउ परेका छन् ।

इलामबाट झापातर्फ आउँदै गरेका को १ ख ५००१ र प्र १-०२-००२ ख ०५८४ नम्बरका मिनि ट्रकलाई सुरक्षाकर्मीहरूले रोकेर जाँच गर्दा, ५७ वटा बोरामा भरिएको १६३६ किलो गाँजा फेला परेको थियो । सशस्त्र प्रहरी बल नं. १ बराह बाहिनी मुख्यालय र नं. २ गण झापाको संयुक्त टोलीले अपरेशन सफल बनाएको हो ।

साथै, पक्राउ परेका व्यक्तिहरूको साथबाट नगद ८७ हजार ८ सय ८० रुपैयाँ र ५ थान मोबाइल सेट समेत बरामद गरिएको छ।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।