Shivam

करिब ६ घण्टा पछि इटहरीमा भएको आगलागी नियन्त्रणमा

0
Burger

काठमाडौँ । सुनसरीको इटहरी चोकमा भएको आगलागी पूर्णरुपमा नियन्त्रणमा आएको छ ।

करिब ६ घण्टापछि इटहरी चोकस्थित सेन्ट्रल प्लाजामा भएको आगलागी पूर्णरुपमा नियन्त्रणमा आएको हो ।

सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले उक्त आगलागीमा कुनै पनि मानवीय क्षति नभएको मकालुखबरलाई जानकारी दिए ।

उनले आगलागीबाट ‘के कति क्षति भयो ?’ भन्नेबारे विवरण नआइसकेको बताए ।

उक्त आगलागीबाट ११ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकाहरू मध्ये ८ पुरुष र ३ महिला रहेका छन् ।

बुधवार बिहान साढे ९ बजेदेखि आगो लागेको थियो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।