जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसंग छैन : प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसंग नभएको बताएका छन् ।
राष्ट्रिय युवा सङ्घ नेपालले बुधबारआयोजना गरेको राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् । उनले युवा सङ्घसंग मुकाविला गर्नसक्ने क्षमता रहेको समेत बताए ।
त्यसअवसरमा प्रधानमन्त्री ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाति पिटिपिटी रोएको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यसको जवाफ दिइरहनुनपर्ने बताए ।
आज मात्रै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देृशक हटाएको विषयमा प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने बताएका थिए ।
