तरुण दल रुपन्देहीद्वारा पुर्णकालिन सदस्यता बितरण

बुटवल । तरुण दल रुपन्देहीले आईतवार (आज) पुर्णकालिन सदस्यता वितरण गरिएकाे छ।
नेपाली कांग्रेस माहसमिती सदस्य सोम गुरुङकाे प्रमुख आतिथ्यतामा सदस्यता वितरण गरिएको हाे ।
नेपाली कांग्रेस रूपन्देहीकाे पार्टी कार्यालय भैरहवामा आयाेजना गरिएकाे कार्यक्रमकाे उद्घाटन गर्दै गुरूङले पार्टीलाई बलियाे बनाउन तरूण दलकाे महत्त्वपूर्ण जिम्मेवारी रहेकाे बताए । उनले कांग्रेसलाई बलियाे र शक्तिशाली पार्टी बनाउन सबैले एकजुट भएर काम गर्नुपर्ने बताए ।
तरूण दलका जिल्ला सभापति प्रशान्त कोइरालाको सभापतित्वमा आयाेजना गरिएको सदस्यता बितरण कार्यक्रममा तरूण दलका पुर्ब सचिब चिरनजिवि जैसी, तरुण दल केन्द्रिय सदस्य अजय रावल, केन्द्रिय सदस्य दुर्गा सिंह क्षेत्री , लगायतको उपस्थिति रहेको थियो।
यस्तै , तरूण दल क्षेत्रीय सभापति हसन्त लामा,किशाेर सुवेदी , बुटवल उपमहानगरपालिकाका सभापति सुजन पुन, सैनामैना सभापति राजु चौधरी लगायतले मन्तव्य राख्न्नुभएको थियो।
कार्यक्रमको संचालन तरुण दल जिल्ला सदस्य विशाल चौधरीले गरेका थिए।त्यसैगरी तरुण दल रुपन्देहीले पुणकालिन सदस्यता वितरण गर्ने, बिपि स्मृति कप खेल राख्ने समेत जनाएको छ।
वडा र नगर क्षेत्र भित्रको चैत्र २८ गतेभित्र पुणकालिन सदस्यता जिल्ला कार्य समितिमा बुझाउने,वडा देखि क्षेत्र सम्मको अधिवेशन बैशाख २० भित्र गर्ने निणय भएको विशाल चौधरीले जानकारी दिए।
युबा मिलन तथा सदस्यता वितरण कार्यक्रम जिल्ला कोसाध्यक्ष वासु बस्यालको संयोजकत्वमा पाँच सदस्य रहने कार्यसमिति समेत बनेको तरुण रुपन्देहीले जनाएको छ।