डिजेल तथा मट्टितेलको मूल्य घट्यो

काठमाडौं । सरकारले डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको सोमबारको बैठकले डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरेको हो । अब काठमाडौँमा डिजेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ कायम भएको छ ।
पेट्रोलको मूल्य भारतबाट प्रतिलिटर ४५ पैसा बढेर आएको थियो । सोहीअनुसार पेट्रोलको मूल्य कुनै घटबढ नभएपनि डिजेल तथा मट्टितेलको मूल्य घटाउने निर्णय भएको निगमले जनाएको छ ।