Shivam

शिक्षकको अनिश्चितकालीन आन्दोलन : सडकमा माग सुनाउँदै, नाचगानमा रमाउँदै

0
Burger

काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै शिक्षकहरूले शुक्रबार पनि काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् ।

सबै खाले शिक्षक र विद्यालय कर्मचारीका मुख्य मुद्दाहरू समेटेर विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले काठमाडौँको माइतीघर बबरमहल क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

बुधबारबाट अनिश्चितकालीन काठमाडौँ केन्द्रित सडक आन्दोलन सुरु गरेको महासंघले आफ्ना माग पुरा नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएको छ ।

सदनको हिउँदे अधिवेशनबाट पनि विद्यालय शिक्षा विधेयक अघि बढ्न नसकेपछि महासंघले अनिश्चितकालीन काठमाडौँ केन्द्रित सडक आन्दोलन सुरु गरेको हो ।

यसअघि भएको सहमतिका आधारमा विद्यालय शिक्षा विधेयक पारित गर्नुपर्ने महासंघको माग छ । महासंघले आफ्ना मागहरू पुरा नभएसम्म शिक्षकहरू विद्यालय नफर्कने चेतावनी दिएको छ ।

आन्दोलनमा सहभागी शिक्षकहरूले आफ्नो माग सुनाउन विभिन्न नारा र प्लेकार्डको प्रयोग गरेका छन् । यस्तै सडकमा आफूहरूको माग समेटिएको विषयमा गीत गाउँदै नाचगान समेत गरिरहेका छन् ।

 

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।