Shivam

त्रिभुवन युनाईटेड एकेडेमीको शुभकामना तथा विधाई कार्यक्रम सम्पन्न

0
Burger

बुटवल ।  पश्चिम क्षेत्रकै सर्वोत्कृष्ट शैक्षिक संस्थाको परिचय बनाएको त्रिभुवन युनाईटेड एकेडेमीले शुभकामना आदान प्रदान तथा विधाई कार्यक्रम सम्पन्न गरेको छ । शनिवार होटल पौवा योगिकुटीमा आयोजना गरिएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा देवी अर्यालको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै उप प्रमुख अर्यालले त्रिभुवन युनाईटेड एकेडेमीले बुटवलको शैक्षिक उन्नयनमा महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो । उहाँले बुटवल भरिका शैक्षिक संस्थाहरुमा उत्कृष्ट क वर्गमा परेको एकेडेमीले बुटवलको शिक्षा क्षेत्रमा पुराएको योगदानको चर्चा गर्दै आभार प्रकट गर्नुभयो ।

कक्षा १२मा अध्ययनरत विद्यार्थीको बार्षिक परिक्षाको पुर्वा सन्ध्यामा आयोजित कार्यक्रममा कक्षा ११ का विद्यार्थीहरुले परिक्षामा सफलताको शुभकामना साथै उज्जवल भविष्यको कामना गर्दै कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा राष्ट्रिय परिक्षा बोर्ड लुम्बिनी प्रदेश प्रमुख रमाकान्त तिवारी , वरिष्ट अधिकृत बाबुराम भण्डारी , अभिभावक संघ नेपाल, रुपन्देही जिल्ला अध्यक्ष लोकनाथ ज्ञवाली , बुटवल उपमहानगरपालिका वार्ड नं.७का वडा अध्यक्ष पदम गाहा , त्रिभुवन युनाइटेड एकेडेमीका अध्यक्ष उमाकान्त बस्याल , त्रिभुवन युनाइटेड एकेडेमीका प्राचार्य शंकर थापा , एकेडेमीका सहप्राचार्य रामचन्द्र बस्याल लगाएतले विद्यार्थीहरुको उज्जवल भविष्यको शुभकामना दिँदै राम्रो तयारी गरी परिक्षामा राम्रो नतिजा ल्याउन आग्रह गरेका थिए ।

एकेडेमीमा कक्षा ११की छात्रा संचिता पाण्डे र सिमा न्यौपानेले सञ्चालन गरेको कार्यक्रमको कक्षा ११का छात्र एन्जल लामगरेको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुतीहरु समेत देखाएका थिए ।

 

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।