Shivam

पाणिनी तपोभूमि : प्रधानमन्त्रीलाई मुख्यमन्त्रीको स्वागत

0
Burger

अर्घाखाँची-प्रधानमन्त्री केपी शर्मा ओली पाणिनी तपोभूमि सम्मेलनको उद्घाटन गर्न अर्घाखाँचीको पाणिनी आइपुग्नुभएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री ओलीलाई स्वागत गर्नुभएको हो ।

लुम्बिनी प्रदेश सरकारअन्तर्गत उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद्, पाणिनी गाउँपालिका र पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको संयुक्त आयोजनामा सम्मेलन हुँदैछ । दुई दिन सम्म चल्ने सम्मेलनले संस्कृतको पुनरुत्थानसँगै पर्यटनको विकास, स्थानीय अर्थतन्त्रको सुदृढीकरण र सांस्कृतिक गौरवको पुनर्जागरणका लागि कोशेढुंगा सावित हुने विश्वास गरिएको छ ।

पाकिस्तानको लाहोरबाट सयौंवर्ष पहिले अर्घाखाँचीको खिदिममा आएका पाणिनि ऋषिले पाणिनि गाउँपालिका १ र २ को पणेना जंगलमा तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेको इतिहास रहेको छ ।

२०७६ सालमा नेपाल सरकराले सय गन्तव्यभित्र पाणिनि तपोभूमिलाई पनि समेटेको थियाे ।

विश्वको प्राचीन भाषा संस्कृत व्याकरणको उत्पत्ति र रचना भएको पाणिनि तपोभूमिको गरिमा र महत्त्वलाई सम्मेलन मार्फत प्रचारप्रचार गरी संसारभर चिनोउने उद्देश्य राखिएको छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।