Shivam

थप चर्कदै शिक्षक आन्दोलन , कक्षा १२ को परीक्षा र अन्य शैक्षिक गतिविधि बहिष्कार घोषणा

0
Burger

काठमाडौं । नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षालगायत सम्पूर्ण शैक्षिक गतिविधिबाट अलग रहने घोषणा गरेको छ ।

महासंघले वैशाख ११ गतेदेखि सुरु हुने परीक्षा प्रक्रियामा केन्द्राध्यक्ष, निरीक्षक लगायत कुनै पनि भूमिकामा नबस्न सम्पूर्ण प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई अपिल गरेको हो ।

विज्ञप्ति जारी गर्दै महासंघले उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार र शैक्षिक भ्रमणलगायतका कुनै पनि शैक्षिक कार्यक्रममा सहभागी नहुन स्पष्ट निर्देशन दिएको छ ।

शिक्षाको गुणस्तर सुधार र उचित व्यवस्थापन सुनिश्चित गर्न सुरू गरिएको आन्दोलनलाई प्रभावकारी बनाउन, महासंघले विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय तहहरू,गाउँपालिका र नगरपालिकासहित सबै सरोकारवालालाई सहकार्यको आह्वान गरेको छ ।

महासंघले चैत २० गतेदेखि काठमाडौंमा शैक्षिक सडक आन्दोलन सञ्चालन गर्दै आएको छ भने चैत २५ गतेदेखि आम शैक्षिक हडताल सुरु गरी आन्दोलनलाई अझ तीव्र बनाएको थियो ।

अब महासंघले सम्पूर्ण देशभरका विद्यालयहरू अनिश्चितकालका लागि बन्द गर्दै, सबै शिक्षक तथा कर्मचारीलाई काठमाडौंको आन्दोलनमा अनिवार्य रूपमा सहभागी हुन आग्रह गरेको छ । महासंघको घोषणाले कक्षा १२ को परीक्षालगायत सम्पूर्ण शैक्षिक कार्यक्रमहरूमा प्रभाव पर्ने देखिन्छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।