Shivam

आन्तरिक उडान र बेलहिया नाका बन्द गर्ने मेयर खाँको चेतावनी

0
Burger

भैरहवा । लुम्बिनी क्षेत्रको अर्थतन्त्रलाई चलायमान गराउन भैरहवा गौतमबुद्ध विमानस्थलमा अन्तराष्ट्रिय उडान नियमित हुनुपर्ने एक कार्यक्रममा सहभागिले निश्कर्ष निकालेका छन् । सहभागिहरुले राज्यको करिब ४५ अर्ब लगानिमा निर्माण भएको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रिय उडानले नियमिता नपाएसम्म लुम्बिनी क्षेत्रको उद्योग धन्दाको पुनरुत्थान नहुने बताएका हुन् ।

होक्वाईदो सेन्टर नेपालको आयोजनामा भैरहवामा आयोजित एक दिवसीय लुम्बिनीको उद्यम विषयक विचार गोष्ठीमा बोल्दै अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले लुम्बिनी क्षेत्रको उद्योग धन्दाको चलायमानकोलागि गौतमबुद्ध विमानस्थलमा अन्तराष्ट्रिय उडानको नियमितता जरुरी रहेको बताए ।

प्रतिनिधिसभा सदस्य समेत रहेका डा. वाग्लेले देशलाई ग्रे लिस्टबाट बाहिर निकाल्न सुशासनलाई बढवा दिनुपर्ने पनि उनको तर्क थियो ।

कार्यक्रममा बैकर अनिल केशरी शाहले लुम्बिनी क्षेत्रको पर्यटन उद्योग र अन्य निजी क्षेत्रबाट सन्चालित उद्योग धन्दाको नियमित उडानको सरकारी निकाय र निजी क्षेत्रबीच समन्वय तथा सहकार्य जरुरी रहेको बताए ।

उक्त कार्यक्रममा प्रतिनिधी सभा सदस्य मनिष कुमार झाले राष्ट्रिय स्वतन्त्र पाटि नेपाले भ्रष्टाचारको विषयमा निर्मम हुने बताए ।

कार्यक्रममा होक्वाईदो सेन्टर नेपालका अध्यक्ष अर्जुन अधिकारीले लुम्बिनी क्षेत्र पर्यटन उद्योगको लागि अत्यन्तै सम्भावना भएको बताए ।

लुम्बिनी क्षेत्रका उद्योगी व्यवसायी तथा सामाजिक संघसंस्थाका करिब ३ सय जनाको सहभागिता रहेको उक्त कार्यक्रममा प्रतिनिधि सभाका सदस्य गणेश पराजुली, डा. लेखजंग थापा, सहकारी क्षेत्रको जानकार ज्ञानु पौड्याल, मानव अधिकार कर्मि रिमा विसी, उद्योग बाणिज्य महासंघको उद्योग समिती सभापति राजेश अग्रवाल लगायतले बोल्दै लुम्बिनी क्षेत्रको उद्यम विकासमा स्पष्ट साझेदारी सहितको सहकार्य जरुरी रहेको र त्यसकोलागि भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रिय जहाजको नियमित उडान जरुरी रहेको बताएका छन् ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।