ब्रिज एडिटिभको ठेकेदार अन्तरक्रिया कार्यक्रम सम्पन्न


भैरहवा । ब्रिज एडिटिभ प्रा.लिले ठेकेदारहरूलाई लक्षित गर्दै भैरहवामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कम्पनीले आफ्नो उत्पादनको गुणस्तर नेपालमै सर्वोत्कृष्ट रहेको दाबी गर्दै बजारमा उपलब्ध विभिन्न उत्पादनहरूको बारेमा जानकारी गराएको छ ।
कार्यक्रममा सिनियर सेल्स एन्ड मार्केटिङ म्यानेजर नुमेन्द्र पौडेल , प्रोडक्सन म्यानेजर दर्बेन्द्र सेहेगल, वाटरप्रुफिङ विभागका गनेश रेग्मी र इन्जिनियर देवेन्द्र यादवले उत्पादनको गुणस्तर, सेवा तथा प्राविधिक पक्षहरूबारे प्रस्ट पार्नुभएको थियो।
नेपालका सबै क्षेत्रमा ब्रिज एडिटिभका उत्पादनहरू सहजै उपलब्ध रहेको जानकारी दिँदै कम्पनीले उत्पादनको गुणस्तर, सेवा तथा प्रविधिमा कम्पनीको प्रतिबद्धता झल्काउने प्रस्तुति समेत दिएको थियो ।
यस्तै, ठेकेदारहरुको विचमा भएको अन्तरक्रिया निर्माण क्षेत्रमा ब्रिज एडिटिभका उत्पादनहरुको प्रयोग तथा यसले ल्याउने सहजताका विषयमा दोहोरो सम्वाद गरिएको थियो ।
ब्रिज एडिटिभका उत्पादनले भारतीय उत्पादनको निर्भरतालाई कम गर्ने दावि गरिएको छ । कम्पनीले सिलिकन, ब्रिज सुपर लेटेक्स, ब्रिज वेदर प्रो २५०+, सेम–शील्ड टाइल एडिटिभ, अल्ट्रा ह्वाइट एडिटिभ, एटी, डब्ल्यूटी, एफटी तथा विभिन्न प्रकारका टाइल ग्राउट र एपोक्सी ग्राउटका बारेमा जानकारी दिइएको कम्पन्नीका सेल्स म्यानेजर दीपक क्षेत्रीले जानकारी दिनुभयो ।
ब्रिज एडिटिभका उत्पादनहरू नेपालभरका हार्डवेयर तथा टाइल पसलहरूमा सहजै पाउन सकिने र उत्पादन प्रयोग गरेपछि विदेशी उत्पादनहरू प्रयोग गर्नुपर्ने आवश्यकता नपर्ने विश्वास कम्पनीले लिएको छ ।


