Shivam

“पहिलेजस्तो पैसाको सहजता छैन, अब आँट गर्न गाह्रो छ” — प्रधानमन्त्री ओली

0
Burger

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आर्थिक अवस्था कमजोर बन्दै गएको बताउँदै अहिलेकाे अवस्थामा विकासका काममा पहिलाजस्तो आँट गर्न नसकिने बताएका छन्।

मंगलवार बालुवाटारमा आयोजित ‘सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको ढुकुटी रित्तो हुँदै गएको चिन्ता व्यक्त गरे। उनले आफू प्रधानमन्त्री रहँदा अघिल्लो कार्यकालमा पर्याप्त बजेट रहेकाले नडराई विकासका काम थालनी गर्न सकिएको उल्लेख गरे।

“म पहिले प्रधानमन्त्री हुँदा पैसाको हाहाकार थिएन। जे काम गर्नुपर्छ, गरिन्थ्यो। अहिले पैसा नहुँदा केही गर्ने भन्न पनि डराउनु पर्ने स्थिति आएको छ,” प्रधानमन्त्री ओलीले भने। उनले अघिल्लो कार्यकालमा ६० भन्दा बढी स्वास्थ्य केन्द्र निर्माण गरिएको र तीमध्ये धेरैजसो सञ्चालनमा आइसकेको पनि जानकारी दिए।

प्रधानमन्त्री ओलीले यथार्थ र घोषणाबीचको अन्तर प्रष्ट्याउँदै एक रुपैयाँ चन्दा उठाएर पार्टी कार्यालय बनाउनेजस्ता भनाइहरू व्यवहारमा लागू गर्न चुनौतीपूर्ण हुने बताए। “एक रुपैयाँमा पार्टी अफिस बनाउने भन्ने सजिलो कुरा हो, तर त्यसलाई कार्यान्वयन गर्नु वास्तविकता फरक हुने कुरा हो,” उनले भने।

उनले विकासका काम आफ्नो कार्यकालपछि रोकिएको गुनासो गर्दै आर्थिक संकटका कारण अब पहिलाजस्तो सोचेर योजना बनाउन गाह्रो भइरहेको बताए। तथापि, अर्थतन्त्र अब ओरालो लाग्ने अवस्था नरहेको भन्दै विश्वास व्यक्त गरे।

प्रधानमन्त्री ओलीले चलचित्र क्षेत्रको विकासका लागि स्टुडियो निर्माण महत्त्वपूर्ण कदम भएको बताउँदै सोका लागि सरकारले आवश्यक बजेट छुट्याइसकेको बताए। उनले जमिन छनोटको प्रक्रिया अघि बढिसकेको जानकारी पनि दिए।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।