Shivam

रवीन्द्र मिश्र र दुर्गा प्रसाईँलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

0
Burger

काठमाडौँ – राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र व्यवसायी दुर्गा प्रसाईँलाई राज्यविरुद्धको कसुर र संगठित अपराधसम्बन्धी मुद्दामा थप अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले पाँच दिनको हिरासत म्याद थप गरेको छ।

प्रहरीले अनुसन्धान नसकिएको जनाउँदै हिरासत अवधि थप गर्न माग गरेपछि अदालतले सो अनुरोधअनुसार थप म्याद दिएको हो। योसँगै उनीहरू विरुद्ध राज्यविरुद्धको कसुर अन्तर्गत आठौं पटक म्याद थप गरिएको हो।

मिश्र र प्रसाईँलाई गत चैत १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शन हिंसात्मक रूपमा भड्काएको आरोपमा पक्राउ गरिएको थियो। उनीहरूलाई वैशाख २१ गते पछिल्लोपटक अदालतमा उपस्थित गराई म्याद थप गरिएको थियो।

व्यवसायी प्रसाईँविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव, संगठित अपराध र राजद्रोहसमेतका गम्भीर आरोपहरूमा मुद्दा दायर गरिएको छ। यसै सन्दर्भमा मिश्रसमेत पक्राउ परेका थिए।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।