तिलोत्तमामा प्रथम लुम्बिनी अन्तर्राष्ट्रिय करांते प्रतियोगिता शुरु,५ मुलुकका खेलाडीको सहभागिता


तिलोत्तमा। रूपन्देहीको तिलोत्तमा नगरपालिकामा प्रथम लु्म्बिनी अन्तर्राष्ट्रिय करांते प्रतियोगिता शुरु भएको छ । नेपाल सितोरियो करांते डो तिलोत्तमा संघद्वारा आयोजनामा आज जेठ ३ र भोली जेठ ४ गतेसम्म सन्चालन हुनेछ । अन्तर्राष्ट्रियस्तरको यो प्रतियोगितामा नेपाल सहित भारत ,भुटान ,श्रीलंका र बङ्गालादेश करीब साढे ३ सय खेलाडी सहभागिता रहेको छ ।
कार्यक्रमको उद्धघाटन गर्दै प्रमुख अतिथि तिलोतमा नगरपालिका प्रमुख रामकृष्ण खाणले राजनैतिक र व्यापारिक रूपले मात्रै नभएर खेलमार्फत पनि छिमेकी राष्ट्रहरूसँग घनिष्ठ सम्बन्ध कायम गर्न खेलकुदले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो । वहाँले युवा मैत्री नगरपालिका बनाउन नगरपालिका सधैँ तत्पर रहेको बताउदै खेलकुद क्षेत्रलाई सघाउने गरि नगरपालिकाले विभिन्न कार्यक्रम ल्याएको बताउनुभयो । प्रतियोगितामा आज ३५ वटा विधामा खेल सम्पन्न भएको सितोरियो कराँते डो तिलोत्तमा सँघका सँस्थापक अध्यक्ष सन्तु दङ्गोरिया थारुले जानकारी दिनुभयो ।
६ देखि बर्ष देखि १८ वर्ष उमेर समुहका महिला पुरुष सहभागी प्रतियोगितामा कराँतेका सबै विधामा प्रतिस्प्रर्धा गराइने खेल सँयोजक मधु पाण्डेले जानकारी दिनुभयो । शकरनगरस्थित बीग चेयर रिर्सोटमा आयोजित प्रतियोगितामा संघका केन्द्रीय पदाधिकारी, लुम्बिनी प्रदेशका पदाधिकारी तथा रेफ्री संयोजक, नेपाल सितोरियो करांते डो रूपन्देही जिल्ला अध्यक्ष तथा पदाधिकारी सदस्य तथा विभिन्न उमेर समुहका खेलाढी तथा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो ।
