Shivam

पुनः उकालो लाग्यो सुनको मूल्य, एकैदिन ५ हजारले बढ्यो

0
Burger

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा फेरि तीव्र वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) छापावाल सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले वृद्धि भएर १ लाख ८९ हजार ८ सय रुपैयाँ पुगेको छ ।

मंगलबार सुन प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १ हजार ९९० रुपैयाँमा किनबेच भइरहेको छ, जुन मंगलबारको मूल्य १ हजार ९४० रुपैयाँभन्दा ५० रुपैयाँले बढी हो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।