Shivam

जनमत पार्टी रुपन्देहीमा कसले पाए के जिम्मेवारी? (सूचीसहित)

0
Burger

भैरहवा । डा. सी.के. राउत नेतृत्वको जनमत पार्टीले रुपन्देही जिल्लामा सांगठनिक जिम्मेवारी बाँडफाँट गरेको छ। जिल्ला इञ्चार्ज रामकेश गुप्ताको नेतृत्वमा गठन गरिएको उपसमितिमार्फत जिम्मेवारी तोकिएको हो।

पार्टीले संगठन सुदृढीकरण र जिम्मेवारी स्पष्ट पार्ने उद्देश्यले विभिन्न नेताहरुलाई विभिन्न भूमिकामा नियुक्त गरेको जनाएको छ।

जिम्मेवारी पाउने नेताहरु र तिनका पदहरू:

  • जिल्ला इञ्चार्ज – रामकेश गुप्ता

  • सचिवालय समिति सदस्य – रबिन्द्र धवल

  • सचिवालय सदस्य – विरेन्द्र लोध

  • कोष व्यवस्थापन समिति सदस्य – सुवास यादव

  • व्यवस्थापन समिति सदस्य – राम सुमेर ठाकुर

  • उपव्यवस्थापन समिति सदस्य – अकेली थरुनी

  • सूचना समिति अधिकारी (प्रवक्ता) – रुपचन्द यादव

जनमत पार्टी जिल्ला समन्वय समिति, रुपन्देहीले जनाएका अनुसार संगठन विस्तारलाई तीव्रता दिने तयारी गरिएको छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।