Shivam

प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण पेस हुँदै, विपक्षको दबाबले कारबाही असहज बन्ने संकेत

0
Burger

काठमाडौं। संघीय संसद्को प्रतिनिधिसभा बैठक आज बिहान ११ बजेका लागि तय गरिएको छ। बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण २०८१/८२ प्रस्तुत गर्ने कार्यसूची रहेको छ। आर्थिक सर्वेक्षणले आगामी बजेट निर्माणका लागि आधार तयार गर्ने भएकाले बैठक अर्थपूर्ण मानिएको छ।

संघीय संसद् सचिवालयका अनुसार बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, ऊर्जा, जलस्रोत तथा सिँचाइ र वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नोत्तर सत्र पनि हुनेछ, जसमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन्।

त्यसैगरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ विचारार्थ पेस गर्ने सम्भावना छ भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव राख्ने कार्यक्रम रहेको छ।

गृहमन्त्रीको राजीनामाको मागले सदनमा सम्भावित अवरोध

यद्यपि, आजको बैठकमा सदनको कारबाही सहज नहुने संकेत देखिएको छ। प्रमुख प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामालाई मुख्य एजेन्डा बनाउँदै सदनमा सशक्त ढंगले आवाज उठाउने तयारी गरेका छन्।

गृहमन्त्री पदमा रहँदा निष्पक्ष छानबिन प्रभावित हुन सक्ने भन्दै विपक्षले लेखकको राजीनामा माग गरिरहेको छ। यस विषयमा सत्ता–प्रतिपक्षबीच तीव्र टकराव हुन सक्ने आँकलन गरिएको छ, जसले आजको बैठक प्रभावित पार्न सक्ने देखिएको छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।