Shivam

अदालतबाट सफाइ पाएको दुई दिनमै आलमलाई मस्तिष्कघात

0
Burger

काठमाडौं । नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई मस्तिष्कघात भएको छ । उनको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

अस्पतालका एक चिकित्सकका अनुसार आलमलाई आइसियुमा भर्ना गरेर उपचार सुरु गरिएको छ ।

परिवारले बिहान साढे १० बजे नै आलमलाई अस्पताल पुर्‍याएको थियो । ती चिकित्सकका अनुसार बिहान सात बजेतिर आलमलाई मस्तिष्कघात भएको थियो ।

आलमले अस्ति मात्रै उच्च अदालतबाट सफाइ पाएका थिए । जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेकोमा उच्च अदालतको वीरगञ्ज इजलासले सफाइ दिएको हो ।

२०६४ सालको संविधानसभा निर्वाचनको पूर्व सन्ध्यामा रौतहटको राजापुरमा बम विष्फोट भएको थियो ।

सो घटनामा प्रहरीले २०७६ सालमा पुनः अनुसन्धान गरेपछि आलमविरुद्ध अदालतमा मुद्दा पुगेको थियो ।

आलमले २०६४ सालको संविधानसभा निर्वाचनको नतिजालाई आफ्नो पक्षमा पार्न बम विष्फोट गराउने योजना बनाएको र त्यसका लागि बम बनाउँदै गर्दा विष्फोट भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

बम विष्फोटको घटना सार्वजनिक हुने भयका कारण आलमले सो विष्फोटमा घाइते भएकालाई ज्यूँदै इँटाभट्टामा जलाएर मारेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

सो मुद्दामा २९ कात्तिक २०७६ मा थुनछेक आदेश सुनाउँदै रौतहट जिल्ला अदालतले आलमलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।