Shivam

समाजले अस्वीकार गरेका ठूला नेताहरूले विश्राम लिए सडकमा देखिएको आन्दोलन आफैँ हट्छः गगन थापा

0
Burger

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ठूला दलका शीर्ष नेताहरूले विश्राम लिएकै दिनबाट सडकमा कुनै आन्दोलन नै देखा नपर्ने दाबी गरेका छन् ।

‘गणतन्त्र नै सही बाटो’ संवाद कार्यक्रममा बोल्दै उनले शीर्ष नेताहरूले विश्राम लिन उपयुक्त हुने बताए ।

गणतन्त्रको सबैभन्दा आधारभूत विषय भनेकै राजनीतिक दल नै भएको भन्दै उनले दलभित्र एउटै व्यक्तिहरू नेतृत्वमा रहिरहेको घटना नेपालमा बाहेक विरलैमात्र देखिने बताए ।

महामन्त्री थापाले भने, ‘जहाँ चाहिँ समाजले अस्वीकार गरेको कुनै व्यक्ति, म पात्रमा भएको होइन । यति लामो समयसम्म एउटै अनुहार एउटै भूमिकामा रहने चाहिँ विरलैमात्र हुन्छ होला । हाम्रो डेमोक्रेसीको सबैभन्दा ठूलो समस्या नै यही हो । मैले खुला भनेको छु, नेपालका ठूला पार्टीका ठूला नेताहरूले आजको दिनबाट हामीले आआफ्नो दलबाट विश्राम लियौँ भन्नुभयो भने आजकै दिनबाट यो आन्दोलन केही बाँकी रहँदैन । सबै घर फर्किन्छन् ।’

उनले नेपालमा केही भएको छैन भन्ने भाष्यको खण्डन गरे । उनले विकृत राजनीतिक गठबन्धनको संस्कृतिबाट पनि मुक्त हुनुपर्नेमा जोड दिए ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।