Shivam

रोटरी क्लब बुटवल चौतारीद्वारा सितगंगामा मेगा स्वास्थ्य शिविर सम्पन्न, नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण

0
Burger

अर्घाखाँची ।  रोटरी क्लब अफ बुटवल चौतारीले अर्घाखाँचीको सितगंगा नगरपालिकामा एक दिवसीय मेगा स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ।

वडा नं. ५, ६ र ७ का बासिन्दालाई लक्षित गर्दै देउराली आधारभूत स्वास्थ्य केन्द्र, जुकेनामा सम्पन्न कार्यक्रममार्फत शिविर सञ्चालन गरिएको हो।रोटरी क्लब अफ बुटवल चौतारीका अध्यक्ष नुमेन्द्र पौडेलको नेतृत्वमा सम्पन्न कार्यक्रमको उद्घाटन सितगंगा नगरपालिकाका नगरप्रमुख छविलाल पौडेलले गरेका थिए।

कार्यक्रम उद्घाटन गर्दै नगरप्रमुख छविलाल पौडेलले एम्बुलेन्स प्राप्तिले आपतकालीन स्वास्थ्य सेवामा नयाँ गति प्रदान गर्ने विश्वास व्यक्त गर्दै रोटरी क्लबले देखाएको सामाजिक उत्तरदायित्वको भावना प्रशंसायोग्य भएको बताए ।

कार्यक्रममा स्थानीयबासिन्दाको उल्लेखनीय सहभागिता देखिएको थियो। शिविरमा २९० महिला, १२२ पुरुष र ५० बालबालिकासहित ४१२ जनाले निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्राप्त गरेका थिए।

कार्यक्रममा बोल्दै क्लब अध्यक्ष नुमेन्द्र पौडेलले भने, “स्वास्थ्यजस्तो आधारभूत सेवामा नागरिकको सहज पहुँच सुनिश्चित गर्न हामीले यो सानो प्रयास गरेका हौं। रोटरीको मूल भावना सेवा, सहयोग र समर्पण हो, र यस्तै कार्यक्रममार्फत हामी समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गर्छौं।”

यस्तै, उपप्रमुख गीता भाट, रोटरीयन प्रज्वल थान्जु, ओम जैसी, प्रमोद पन्थी, सुनील कासौधन, विजय खनाललगायतको उपस्थिति रहेको कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष डा. विष्णु घिमिरे, पूर्वअध्यक्ष दिनेशमणि सुवेदी, अध्यक्ष मनोनीत राजु अधिकारी, प्रस्तावित अध्यक्ष कपिल पोखरेल, सचिव खगेन्द्र बेलबासेसहित ४५ जना रोटरीयनहरूको सक्रिय सहभागिता थियो।

स्वास्थ्य सेवा प्रदान गर्ने टोलीको नेतृत्व डा. सुन्दर न्यौपाने, श्रीकान्त सुवेदी र कृष्ण जीसीले गरेका थिए। साथै डा. अब्दुल सबुर खान, डा. आरती श्रेष्ठ, डा. विनोद पौडेल, डा. कृष्णकुमार यादव, डा. सन्तोष पाण्डे, डा. सन्ध्या अधिकारी र डा. प्रतिभा पन्थीले पनि स्वयंसेवकका रूपमा सेवा उपलब्ध गराएका थिए।

कार्यक्रम व्यवस्थापनमा वडा नं. ५ का अध्यक्ष ऋषि बहादुर रेश्मीको सक्रिय सहयोग रहेको थियो भने रेडियो सितगंगाका अध्यक्ष नारायण शर्मा र स्थानीय पत्रकारहरूले प्रचारप्रसारमा महत्वपूर्ण भूमिका खेलेको क्लबले जनाएको छ।  कार्यक्रमले ‘सेवा, सहयोग र समर्पणले नै समाजमा परिवर्तन सम्भव छ’ भन्ने सन्देश दिएको सहभागीहरूको भनाइ थियो।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।