Shivam

राजा भनेका हत्यारा र बलात्कारी हुन्, मूर्ति चोरेर विदेश पुराउने पनि यिनै हुन् : प्रचण्ड

0
Burger

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजावादीले फैलाउन खोजेको भ्रम र जालझेलबारे जनतालाई बुझाउनुपर्ने समय आएको बताएका छन् ।

आइतबार योङ कम्युनिष्ट लिगको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रतिगमनकारीहरूले अहिले राजाका बारेमा तर्क गर्न थालेकाले तदारुकताका साथ प्रतिवाद गर्नुपर्ने बताएका हुन् ।

उनले प्रतिगमनविरुद्ध संस्थागत पहल नहुँदा छाडा हुन थालेको भन्दै नारायणहिटी हत्याकाण्ड, नविता, विनीता बलात्कार र हत्या, मूर्ति चोरेर विदेश पुर्याउने को हुन् भनेर जनतालाई बुझाउनुपर्ने समय आएको स्पष्ट पारे । यथास्थितिवाद र प्रतिगमनकाविरुद्ध वैचारिक रूपले गाउँगाउँ, टोलटोल र घरघरमा पुर्याउनुपर्ने समय आएको अध्यक्ष दाहालको भनाई थियो ।

उनले संविधानको अपनत्व र स्वामित्व रक्षाका लागि उभिनेसँग भोलिका दिनमा तालमेल हुनसक्ने स्पष्ट पारे । अध्यक्ष दाहालले माओवादी विरुद्ध यथास्थितिवादी र प्रतिगमनकारीले भ्रम फैलाउने काम गरिरहेको आरोपसमेत लगाएका हुन् ।

प्रचण्डको भनाई जस्ताको तस्तै

‘हरेक पटक वाइसिएल नेपालका भेला वा सम्मेलनमा उपस्थित हुँदै गर्दा ऊर्जा, भरोसा र आशा जाग्ने गर्दछ । आजपनि हामीलाई ऊर्जा प्रदान गरेको छ । वाइसिएल नेपाललाई हामीले सहायक संगठटनको रुपमा व्याख्या गर्नुभयो । यो अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा स्थापित भएको मान्यता मात्र हो । सहायक संगठन मात्र होइन, यसलाई कम्युनिष्ट पार्टीको उत्तराधिकारीहरूको संगठन पनि भनेर चिन्नुपर्छ । कम्युनिष्ट नेताहरू तयार पार्ने कारखानाको रुपमा पनि वाइसिएललाई चिनिन्छ । सहायक संगठनमात्र हैनौँ नेता बन्ने तयारीमा छौँ भनेर बुझ्नु नै वाइसिएलको भुमिका र जिम्मेवारीलाई आत्मसात् गर्न आग्रह गर्न चाहन्छु ।मैले २०३८ सालमा भएको युवाहरूको भेलाबाट नेतृत्वमा आएदेखि जे बुझे, जे भोगे, त्यसको नेतृत्व हुँदै पार्टी नेतृत्वमा जाने उपक्रम म आफैँले भोगेको छु । त्यसबाट हेर्दा पनि पार्टीका आउँदा दिनका नेताका रुपमा बुझ्छु । तपाईँहरू सबैले आफूलाई नेता बन्नेबाटोमा अगाडि सार्नुहुनेछ भनेर अनुरोध गर्न चाहन्छु । मैले भन्ने दुई तिनवटा कुरा थोरै विचारका कुरा हामीले विचार र राजनीति यान्त्रिक हुँदैन । देशकाल परिस्थितिअनुसार वर्ग सङ्घर्ष, राजनीतिक सङ्घर्ष हुँदै जान्छ । हामीले हिजो जनयुद्धको तयारी गर्दा या अगाडि बढ्दै गर्दा होस् । जनआन्दोलनपछिका घटनाक्रममा होस् । हामीले हिजो भनेको भन्दा अलि नौलो तरिकाले क्रान्ति अघि बढ्यो । तर, मार्क्सवादले भनेकोजस्तै, या लेनिनले प्रत्येक देशमा क्रान्ति आआफ्नै ढंगले हुन्छ ।क्रान्ति कुनै नक्कलअनुसार हुँदैन । विकासको प्रकृतिअनुसार नै क्रान्तिले आफ्नो बाटो बनाउँदै लान्छ । क्रान्ति एउटा सही विचार र नीतिको आधारमा जनताले गर्ने महान् जनकार्य हो । हाम्रो देशमा नयाँ जनवादी क्रान्ति हामीले सोचेजस्तो भएन । तर, पुँजीवादी जनवादी क्रान्ति सफल भएन । निरंकुश तन्त्रको अन्त्यसँगै जो परम्परागत संसदीय व्यवस्था होइन । यथास्थितिवादीले के भनेका छन् भने संघीय लोकतान्त्रिक व्यवस्था पनि संसदीय व्यवस्था जस्तै हो भनेर व्याख्या गर्ने कोसिस गरिरहेका छन् । यो सर्वहारा वर्गको नेतृत्वमा, मूल रुपमा कम्युनिष्ट पार्टीको भूमिकामा समानुपातिक, समावेशी व्यवस्था हो । र, यथास्थितिवादीले प्रतिक्रियावादीहरुले यसलाई विशुद्ध संसदीय व्यवस्थाको रुपमा अघि बढाउने अभ्यास गरिरहेकोले यस बारेमा अहिले प्रतिवाद गर्नु जरुरी छ ।मौलिक अधिकारको रुपमा अन्य जे जस्ता अधिकारको व्यवस्था गरिएको छ । त्यो परम्परागत संसदीय व्यवस्थामा कहीँ कतै समेटिएको छैन । र, यो हामीले सोचेजस्तो नौलो जनवादी व्यवस्था पनि हैन । सङ्क्रमणकालीन संघीय गणतान्त्रिक व्यवस्था रहेको छ । हामी अहिले राम्रोसँग विवेक पुराउन सकियो भने देश एउटा युगान्तकारी युगमा पुग्ने नै भयो र त्यसको जिम्मेवारी हामी क्रान्तिकारीहरूले लिनु नै पर्ने भयो । चुनवाङ बैठकपछि त्यतिबेलाका पार्टीहरूसँग हाम्रा वार्ताहरू भए समावेशी प्रतिनिधित्वका लागि भएका बहसपछि त्यसैका आधारमा शान्ति सम्झौता भएको हो । संघीय लोकतान्त्रिक गणतन्त्र संसदवादी पार्टीहरूसँग मिलेरमात्र आउँछ ।माओवादी एक्लैले काठमाडौं कब्जा गरेर मात्र आउँदैन, त्यसैले अलिकति घुम्तिबाटोमा जानु छ भनेर नै हामी त्यो बाटोबाट जानुपर्छ भनेका हौँ । आज हामीले यथास्थितिवाद र प्रतिगमनका विरुद्ध सङ्घर्ष गर्नुपरिरहेको छ । राजनीतिक संघर्षको पनि निकै पेचिलो र जटिल अवस्थाबाट नेपाली समाज गुज्रिदैछ । एकातिर यथास्थितिवादविरुद्ध लड्नुपरेको छ भने अर्कोतिर प्रतिगमनविरुद्ध लड्नुपर्ने अवस्था छ । हामीले यो संविधानमा हाम्रो अपनत्व, स्वामित्वको रक्षाका लागि उभिनेसँग आगामी दिनमा तालमेलपनि हुनसक्छ । गणतन्त्र संरक्षण गरिदिएको भरमा भ्रष्टाचारलाई संरक्षण गर्ने, सुशासन दिन नसक्ने सरकारको कामकारबाही कुनै हालतमा स्वीकार्य हुनसक्दैन ।एकतातिर यथास्थितिवादी धार जो अहिलेको सरकारमा रहेकाहरूले गरिरहेका छन् भने त्यसकाविरुद्ध बलियो जवाफ दिँदै आएका छौँ र आगामी दिने नै छौँ । भ्रष्टाचारविरोधी अभियान, सामाजिक न्यायको अभियान, हामीले सुरु गरेको अन्तर्राष्ट्रिय सम्बन्ध सुधार्ने अभियानमा यथास्थितिवादी र प्रतिगमनकारीले भ्रम फैलाउने काम गरिरहेको छ । यथास्थितिवाद र प्रतिगमनका विरुद्ध वैचारिक क्षेत्र र गाउँ गाउँ, टोल टोल र घरघरमा पुराउनुपर्ने समय आएको छ । अहिले जसरी प्रतिगमनकारीहरूले राजाको बारेमा तर्क गर्न थालेका छन् ।तर, तदारुकताकासाथ प्रतिवाद गर्ने विषयमा संस्थागत पहल नगर्दा छाडा हुन थालेका हुन् कि भन्ने परेको छ । हिजो २५० वर्षसम्म शासन गरेर के दियो । नारायणहिटी हत्याकाण्ड के हो ? भन्ने कुरा भन्न छाडेका थियौँ । तर, राजा भनेका हत्यारा र बलात्कारी हुन् । मूर्ति चोरेर विदेश पुराउनेपनि यिनै हुन् । तस्करहरू को हुन् ? नारायणहिटी दरबार हत्याकाण्डका नाइके को हुन् ? भनेर जनतालाई अब बुझाउने समय आएको छ । विकासका विषयमा पनि तथ्यसहित जनतालाई बुझाउनुपर्ने समय भयो । त्यसैले राजावादीले फैलाउन खोजेका भ्रम र जालझेलबारे जनतालाई बुझाउनुपर्ने भएको छ ।’

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।