Shivam

चर्को विरोधपछि राजावादीको उपत्यका बन्द फिर्ता

0
Burger

 

काठमाडौं । संयुक्त जनआन्दोलन समितिले सोमबारका लागि तय गरिएको उपत्यका बन्द कार्यक्रम फिर्ता लिएको छ । समितिका संयोजक नवराज सुवेदीद्वारा जारी विज्ञप्तिमा आइतबारको प्रदर्शनका क्रममा गिरफ्तार गरिएका नेताहरू रिहा भइसकेकाले बन्द कार्यक्रम स्थगित गरिएको उल्लेख गरिएको छ ।

यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सामाजिक सञ्जालमार्फत राप्रपा उपत्यका बन्दको पक्षमा नरहेको प्रस्ट पारेका थिए । उनले फेसबुकमा लेखेका थिए, ‘सामान्यतया राप्रपा बन्द तथा हड्ताल जस्ता अलोकप्रिय कार्यक्रमको विपक्षमा उभिन्छ । आज सरकारको तर्फबाट गिरफ्तार भएका कार्यकर्ताहरू रिहा भइसकेकाले भोलिको बन्दमा राप्रपाको सहभागिता हुने छैन ।’

समितिले सरकारले आन्दोलनकारीप्रति लिएको दमनको विरोधमा सोमबार उपत्यका बन्दको घोषणा गरेको थियो । तर, अवस्था सहज बनेपछि आन्दोलनात्मक कार्यक्रम फिर्ता लिने निर्णय गरिएको हो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।