Shivam

माधव नेपालविरुद्ध थुनछेक बहस सकियो, आदेश आजै आउने

0
Burger

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालविरुद्ध दायर गरिएको भ्रष्टाचारसम्बन्धी मुद्दामा थुनछेक बहस सकिएको छ ।

बुधबार विशेष अदालतमा नेपाल पक्ष र सरकारी वकिलबीच अन्तिम बहस सम्पन्न भएको हो । अब अदालतले आजै आदेश दिने तयारी गरेको स्रोतले जनाएको छ ।

नेपालको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, शम्भु थापा, खम्बबहादुर खाती, गोविन्द बन्दीलगायत पाँच जना कानुन व्यवसायीले बहस गरेका थिए । उनीहरूले मुद्दा राजनीतिक प्रेरित भएको दाबी गर्दै नेपाललाई बिनाशर्त रिहा गर्नुपर्ने माग गरे ।

‘नेपालमाथिको मुद्दा कानूनभन्दा बढी प्रेरित राजनीति हो,’ एक कानुन व्यवसायीले अदालतमा भने, ‘यसमा कुनै कानुनी आधार छैन ।’

त्यसैगरी सरकारी पक्षले भने भ्रष्टाचार निवारण ऐन २०५९ को प्रावधानअनुसार थुनामा राख्नुपर्ने माग गर्दै बहस गरेका थिए । उनीहरूले नेपालविरुद्ध पर्याप्त प्रमाण र प्रारम्भिक आधार रहेको जिकिर गरे ।

तीनजना न्यायाधीश रहेको विशेष इजलासले बहसपछि आजै आदेश सुनाउने तयारी गरिरहेको छ । अदालतको आदेशसँगै नेपाल थुनामा जाने कि रिहा हुने भन्ने टुंगो लाग्नेछ ।

नेपालविरुद्ध ललिता निवास जग्गा प्रकरणसँग सम्बन्धित विषयमा अख्तियारले अनुसन्धान अघि बढाएको थियो । सोही प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसमेत दोषी ठहर गर्दै मुद्दा दर्ता गरिएको हो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।