Shivam

रात्रीकालीन बजारलाई चम्काउने उज्यालो : बुटवलमा हाईमास्ट सडकबत्ती जोड्दा स्थानीय व्यवसायमा उत्साह

0
Burger

 

बुटवल ।  बुटवलमा एक दशक बढि समयदेखी बलाराम पाण्डेले व्यापार व्यवसाय गर्दै आएका छन् । विगतमा भन्दा अहिले बुटवल बजारमा चहलपहल बढेको उनले अनुभव गरेका छन् । “साँझको समयमा ढपक्कै अन्धकार हुँन्थ्यो , विद्युतको लाईन पनि जाने समस्याले सताउँथ्यो” पाण्डे सुनाउँछन् , “बुटवलमा उपमहानगरले हाईमास्ट लाईट जोडेपछि राती ढिला सम्म पनि चहलपहल हुन थालेको छ ।”

बुटवलको वडा नम्बर ९ कालिका पथमा होटल व्यवसाय गर्दैै आएका पाण्डेले सडक बत्तीले रात्रीकालीन बजारलाई प्रवद्र्धन गर्ने काम गरेको बताए । लाईट जडान हुनु भन्दा पहिला साँझमै व्यवसाय बन्द गरेर हिँड्नु पर्ने बाध्यता रहेपनि अहिले राती सम्म पनि सहज रुपमा व्यवासय गर्न पाएको उनले बताए । उनले दश बजे सम्म मात्रै व्यवसाय गर्नुपाउने नियमलाई हटाउन नगरपालिका संग आग्रह गरेका छन् ।

पाण्डेले जस्तै देविनगरका युवा व्यवासयी सरोज खनालले पनि हाईमास्ट लाइट जडानले व्यापार व्यवसायमा फाइदा पुगेको सुनाए । उनले पनि सडक वत्तिले गर्दा राती ढिला सम्म सडक र चोकमा चहलपहल हुने गरेको बताए । चहलपहल बढेसंगै व्यापार पनि बढेो उनको भनाई छ ।

बुटवल उपमहानगरपालिकाको “उज्यालो बुटवल अभियान” अन्तर्गत रात्रीकालीन बजारलाई अझ सुरक्षित र आकर्षक बनाउन प्रमुख स्थानहरूमा उच्च क्षमता भएको हाईमास्ट (ज्ष्नज‑mबकत) लाइट जडान गर्दै आएको छ । बुटवलको मुख्य बजार क्षेत्र अस्पताल लाइन, बसपार्क, तिनकुने, देवीनगर लगायत पाँचौंठाउँमा पोल राखि बत्ती जडान भइसकेको छ । लाईटको प्राविधिक परीक्षण गरिएको छ भने यसलाई नियमित रूपमा सञ्चालनमा गर्ने तयारी बुटवल उपमहानगरको छ ।

बुटवल उपमहानगरपालिकाका शहरी पूर्वाधार महाशाखा प्रमुख गौतम रौनियारका अनुसार बुटवलका विभिन्न ५३ स्थानमा अहिले हाइमास्ट लाइट जडान कार्य भैरहेको छ । बुटवल उपमहानरापलिकाले उज्यालो बुटवल अभियानलाई बुटवलका ५२ वटा स्थानमा हाइमास्ट लाइट जडानका लागि प्रस्ताव तयार गरी सङ्घीय सरकारमा पठाइएको र सोही अनुसार काम भैरहेको रहेका महाशाखा प्रमुख रौनियारले बताए । नेपाल सरकारको सम्पुरक अनुदान ८० लाख, नेपाल सरकारकै ससर्त अनुदान ४० लाख र बुटवल उपमहानरपालिकाको आन्तरिक स्रोत १ करोड १७ लाख १४ हजार ६ सय ८०.१५ रूपैयाँमा बुटवलमा उच्च क्षमताका हाईमास्ट लाईट जडान कार्य जारी रहेको बुटवल उपमहानगरले जनाएको छ ।

उक्त बत्ती जडानको लागि कुल लागत अनुमान २ करोड ३७ लाख १४ हजार ६ सय ४०.१८ रूपैयाँ अनुमान गरिएकोमा नेपाल पावर सोलुसन प्रालिले कुल १ करोड ८१ लख ७२ हजार १ सय ३५.६३ रूपैयाँमा ठेल्ला पाएको थियो ।

कार्यक्रम वि.सं. २०८० माघ १२ मा सुरु भएर २०८१ जेठ ३१ सम्मका लागि निर्धारण गरिएको थियो, तर अहिले म्याद थप गरेर जारी राखिएको छ। पोलहरु १२–१६ मिटर अग्ला हुनेछन् र २५ मिटर वरिपरि प्रकाश फैलाउने क्षमता रहेको छ । आगामी वर्ष जोगिकुटीदेखि चिडियाखोला र धागो कारखाना–तिनाउ पुलसम्म पनि विस्तार गरिने योजना उपहानगरको छ ।

रात्रीकालीन बजार प्रबन्धन र सौन्दर्यीकरणका लागि यस अभियान अत्यावश्यक रहेको उपमहानगर प्रमुख खेलराज पाण्डेले बताए । उनले विद्युत प्राधिकरणसँग विद्युत आपूर्तिको सम्झौता भइसकेको र यसले सुरक्षा, साना व्यवसायी तथा ठेला व्यवसायी, चिया–कफी पसललाई थप उज्यालो प्रदान गर्ने विश्वास व्यक्त गरिएको बताए ।
नगर प्रमुख पाण्डेयले भित्री गल्ली र स्थानहरूमा पनि स्थानीय टोल विकास संस्थाहरूमार्फत सडकबत्ती जडान गरिरहेको बताउँदै घरधनीहरूलाई अनिवार्य रूपमा भवन बाहिर एक बत्ती सडक तर्फ फर्काएर बाल्न आग्रह गरिएको जानकारी दिए ।

हाईमास्ट लाइटको यो प्रविधि चौतर्फी प्रकाश दिन्छ र मुख्य चोक तथा व्यस्त बाटोहरूमा जडान गर्ने योजना छ । १२–१६ मिटर उचाइ भएको पोलबाट करिब २५ मिटर वरिपरिका क्षेत्रमा प्रकाश छर्लङ्ग हुन्छ। यसले सडक दुर्घटना न्यूनीकरण, साना व्यवसायी तथा पर्यटकीय गतिविधिहरूमा सहयोग पु¥याउने र सुरक्षा बढाउने अपेक्षा गरिएको छ। मुख्य हाइवे अन्तर्गत बुटवल बेलहिया व्यापारिक मार्गमा रहेका सोलार बत्ती स्ट्रीट लाईट रहेकोले बुटवल हाइवेका चोक चोकमा जडान गरिने उपमहानगरले जनाएको छ ।उज्यालो बुटवल अभियान’ अन्तर्गत हाईमास्ट लाइट जडानले बुटवललाई न्यानो उज्यालो दिने मात्र होइन, सुरक्षा, व्यवसाय र शहरको सौन्दर्यीकरणमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।