Shivam

नाउपाबाट उम्मेदवार बनेका चौधरी सहित दर्जनौँ नेता कार्यकर्ता जनमतमा प्रवेश, उपनिर्वाचनमा जीत सुनिश्चित रहेको डा.राउतको दावि

0
Burger

बुटवल । उपनिर्वाचनको मिति नजिकिदैँ गर्दा रुपन्देहीमा नागरिक उन्मुक्ति पार्टीका प्रभावशाली नेताहरु जनमत पार्टीमा प्रवेश गरेका छन् । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले आइतवार रुपन्देहीको क्षेत्र नं.३मा पर्ने सियारी गाउँपालिकामा अयोजना गरिएको वृहत पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा पार्टी प्रवेश गराउनु भएको हो । जनमत पार्टीले अघिल्लो निर्वाचनमा नागरिक उन्मुक्ति (नाउपा)बाट रुपन्देही–१ मा उठेका उम्मेदवारलाई पार्टीमा भित्र्याएको छ ।

गत निर्वाचनमा रुपन्देही–१ बाट उम्मदेवार धनिराम चौधरी सहितका नेता कार्यकर्ताहरुलाई एकमुस्ट रुपमा डा. राउते जनमत प्रवेश गराउनु भएको हो । गत निर्वाचनमा रुपन्देही–१ मा उनले १३ हजार ९६२ मत सहित चौथो स्थानको मत ल्याउनु भएको थियो ।

जनमत पार्टी प्रवेश गर्नेमा नाउपा नेताहरूमा थारु कल्याणकारी एवम् थारुहट संघर्ष समिति प्रदेश सचिव कमल नारायण चौधरी, नागरिक उन्मुक्ति केन्द्रीय सदस्य तथा रुपन्देही महिला अध्यक्ष सरस्वती थारू, नागरिक उन्मुक्ति पार्टीका प्रदेश सदस्य गौरी यादव, नाउपाका केन्द्रीय सदस्य श्रीरामकुमार चौधरी, खेम बहादुर चौधरी, रुद्र नारायण चौधरी, बैजन्ती चौधरीलगायत नेताहरु छन् भने चार दर्जन बढी नवप्रवेसिहरुलाई अध्यक्ष राउतले पार्टी सदस्यता र मालासहित स्वागत गरेका गर्नभएको थियो ।

पार्टी प्रवेश गर्नुभएका धनिराम चौधरीले थारु र मधेशी बीच थप एकताबद्ध भएर अगाडी बढ्नु पर्ने बताउनुभयो । उहाँले डा. सिके राउतको व्यक्तित्व देखेर आफू प्रभावित भएको बताउँदै जनमत पार्टीलाई उपनिर्वाचनमा समेत विजय बनाउन सबैले हर्न छापमा मतदान गर्नुपर्ने बताउनु भयो ।

धनिराम चौधरी नागरिक उन्मुक्ति पार्टी पुर्व जिल्ला अध्यक्ष समेत हुनुहुन्छ । नगरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीका निकट मानिने धनिराम उक्त पार्टीका प्रभावशाली नेताको रुपमा समेत चिन्ने गरिन्छ । टीकापुरमा वरिष्ठ प्रहरी उपरिक्षक लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक नाबालक हत्या गरेको अभियोगमा थरुहट/थारुवान संयुक्त संघर्ष समितिका केन्द्रीय संयोजक तथा थारु कल्याणकारी सभाका तत्कालीन अध्यक्ष धनिराम चौधरीसहित ५८ जना बिरुद्ध मुद्दा दायर गरेको थियो ।

उपनिर्वाचनमा जीत सुनिश्चित रहेको डा.राउतको दावि

नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनमा जनमत पार्टीको जीत सुनिश्चित रहेको दावी गर्नुभएको छ । उहाँले आफूहरुले निर्वाचनमार्फत अधिकारबाट वञ्चित सम्पूर्ण समुदाय एक छौैं भन्ने सन्देश दिने बताउनु भयो ।

उहाँले संसद्मा जनमत पार्टीले अडान लिदा पार्टीमाथि आक्रमण र फुटाउने प्रयास समेत भएको बताउनु भयो । प्रतिनिधि सभा सदस्य समेत रहनुभएका डा. राउतले थारु, मुसहरलाई भूमि र अधिकार दिलाउन बाँकी रहेकोले आफू राजनीतिमा आएको बताउनु भयो । उहाँले माग पूरा नभएसम्म आफू चुप लागेर बस्न नसक्ने बताउनु भयो ।

डा.राउतले थारु समुदायको प्रेरणाले आफू राजनीतिमा आएको बताउँदै आन्दोलन सकिएको नभइ एकदमै गम्भिर मोडमा पुगेको बताउनु भयो। उहाँले सबै एकजुट भएर शासन–सत्ताको सामना गर्नुपर्ने बताउनु भयो । संसद्, सडक, निर्वाचन सबै मोर्चामा थारु, मधेशी, मुस्लिम, आदिवासी जनजाति सबै एकैसाथ उभिनुपर्ने र त्यही प्रयासमा आफू लागेको उहाँले बताउनु भयो ।

त्यस्तै, पार्टीका उपाध्यक्ष दान बहादुर चौधरीले जनमत पार्टी जनताको मुद्दा बोक्ने पार्टी भएकाले रुपन्देही–३ मा यसपटक जनमतलाई जिताउन आग्रह गर्नुभयो ।

जनमत पार्टीका सचिव भोपेन्द्र प्रसाद यादवले काँग्रेस, एमाले र माओवादी नेतृत्वको सरकार जनताले पटकपटक देखिसकेकोले जनमत पार्टीलाई एक पटक मौका दिनुपर्ने बताउनु भयो ।उहाँले थारु मधेशीको पहिचान, हक र अधिकारलाई स्थापित गर्न एक जुट भएर अगाडी बढ्नुपर्ने बताउनु भयो। उपनिर्वाचनमा जनमतलाई विजय बनाएर एकताको सन्देश दिनुपर्ने राष्ट्रिय सचिव यादवको भनाई थियो ।

कार्यक्रममा पार्टीका सचिव बाल गोविन्द चौधरी, लुम्बिनी प्रदेश इञ्चार्ज राजेन्द्र गुप्ता, केन्द्रीय कार्यकारिणी सदस्य एवं रुपन्देही जिल्ला इञ्चार्ज रामकेश गुप्ता, केन्द्रीय सदस्य रामदेव यादव, नवप्रवेशी सरस्वती थारु , श्रीरामकुमार चौधरी , जनमतका केन्द्रीय सदस्य तथा प्रदेश सचिव शिवचरण केवट, पुर्व मन्त्री तथा लुम्बिनी प्रदेश संसदीय दलका नेता चन्द्रकेश(सिके) गुप्ता, प्रदेश सांसद सुमनशर्मा रायमाँझी , रुपन्देही जिल्ला सचिवालय सदस्य रविन्द्र प्रताप धवल लगाएतकाे मन्तव्य रहेकाे थियाे । कार्यक्रमकाे सञ्चालन  लुम्बिनी प्रदेश सदस्य तथा रूपन्देही जिल्ला प्रवक्ता रुपचन्द यादव र पार्टीका केन्द्रीय सदस्य  कृष्ण कोहारले गर्नुभएको थियाे ।

 

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।