खडक बहादुर स्मृति : एउटा सच्चा क्रान्तिकारी याेद्धा
नवलपुरकाे भूमिमा रहेका एक सच्चा, ईमान्दार तर क्रान्तिकारी याेद्धाकाे रूपमा खडक बहादुर थनेत रहेकाे अाज सम्पन्न छैटाेैं स्मृति कार्यक्रममा बाेल्ने बक्ताहरूले जनाएका छन् । वि स २०७३ साल श्रावण ९ गते निधन भएका खडक बहादुर थनेतकाे अाज छैटाैं स्मृति कार्यक्रम कावासाेती १४ स्थित अाफ्नै निवासमा भएकाे थियाे । कार्यक्रममा माअाेवादी केन्द्रका पाेलिट व्यूराे सदस्य किशन, केन्द्रीय सल्लाहाकारद्वय ठाकुर चापागाई र प्रेम बहादुर बस्नेत, जिल्ला स्तरका नेता, खडक बहादुर स्मृति ग्रन्थ प्रकाशन समितिका सदस्यहरू, अाफन्त तथा परिवारका सदस्यहरूकाे उपस्थितिमा स्मृति कार्यक्रम गरिएकाे हाे ।
राष्ट्रियताकाे विषयमा सधैं सचेत भएका खडक बहादुर राष्ट्रप्रेमी, शिक्षाप्रेमी, क्रान्तिकारी एक याेद्धा भएकाे कार्यक्रमका प्रमुख अतिथि समेत रहेका किशन शर्माले बताउनु भयाे । साथै उहाँले देखाएकाे, सिकाएकाे बाटाेमा लाग्न सके उहाँकाे सच्चा सम्मान हुने जनाउनु भएकाे छ । किशन शर्माकै पहलमा खडक बहादुर स्मृति ग्रन्थकाे पाण्डुलिपि समेत तयार भईसकेकाे र भाद्रकाे अन्तिममा पुस्तक सार्वजिनक गर्ने जनाईएकाे छ ।
२०३७ सालमा नै पार्टीकाे एउटै कमिटिमा रहेर काम गर्दा उहाँकाे ईमान्दारिता, क्रान्तिकारी भावलाई राम्राेसंग चिनेकाे कार्यक्रमका बिशेष अतिथि तथा माअाेवादी केन्द्रका केन्द्रीय सल्लाहाकार सदस्य ठाकुर चापागाईले बताउनु भयाे । उहाँकै घरमा केन्द्रीय नेताहरूसंगै पटक पटक बैठक बसेकाे, उहाँकाे परिवार र अाफ्नाे परिवार एउटै जस्ताे भएकाे अनुभव चापागाईले बताउनु भएकाे थियाे ।
क्रान्तिप्रति सधैं लागिरहने, गाउँघरका सामाजिक कार्यमा कहिल्यै पछि नपर्ने र जहाँ अन्याय हुन्थ्याे त्यहाँ गएर बाेलिहाल्नी बानी रहेकाे कुरा माअाेवादी केन्द्रका अर्का केन्द्रीय सल्लाहाकार प्रेम बहादुर बस्नेतले बताउनु भयाे । बस्नेतले लामाे समय खडक बहादुर थनेतसंग पार्टीमा काम गर्नु भएकाे, उहाँले नै पढाएकाे विद्यार्थी भएकाे, उहाँकाे निस्वार्थी र जुझारूपनले अाफूलाई निकै अाकर्षित गरेकाे समेत बताउनु भयाे ।
उहाँकाे जीवनमा अाधारित विभिन्न व्यक्तित्वहरूकाे भनाई, लेख तथा संस्मरणलाई जम्मा पारेर स्मृति ग्रन्थ तयार भईसकेकाे र त्यसलाई पुस्तककाे रूप दिन बाँकी रहेकाे खडक बहादुर स्मृति ग्रन्थ प्रकाशन समितिका सदस्य लाेक प्रसाद भूर्तेलले बताउनु भयाे ।
खडक बहादुर थनेत शिक्षक, जनता माध्यमिक विद्यालय त्रिभुवनटारकाे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, नवलपुर कलेजकाे स्थापना गर्न भूमिका, थारू संग्राहलय, शहिद स्मृति प्रतिष्ठान लगायत दर्जनाैं संस्थाका सल्लाहाकारकाे रूपमा हुनुहुन्थ्याे ।
अग्याैली पञ्चायतका प्रधान पञ्च, ४८ सालमा प्रतिनिधि सभाका उम्मेद्वार, एकता केन्द्रकाे वैधानिक माेर्चा संयुक्त जनमाेर्चाकाे संस्थापक जिल्ला अध्यक्ष, ४९ सालकाे स्थानिय चुनावमा सक्रिय भूमिका, ५१ सालकाे पार्टी फुटपछि जनमाेर्चामा अाबद्ध, ५९ सालमा एकता केन्द्र र मसालकाे एकता पछि जिल्ला पार्टी कार्यलय सदस्य, राप्ती व्यूराे सदस्य भएकाे कार्यक्रममा बताईएकाे थियाे । त्यसैगरी २०६३ मा एकता केन्द्र र मसालकाे पार्टी फूट पछि एकता केन्द्रै राप्ती लुम्बिनी व्यूराे सचिवालय सदस्य, २०६५मा माअाेवादीसंग एकता भई एकीकृत माअाेवादीकाे अवध राज्य समिति सदस्य, २०६९ मा एकीकृत माअाेवादी फुटेपछि साेही पार्टीमा रहि अवध राज्य सचिवालय सदस्य भएका र २०७३ मा १० पार्टीकाे एकता हुँदा केन्द्रीय सल्लाहार सदस्य भएकाे जनाईएकाे छ ।
अाफ्नाे सम्पत्ति सकेर पनि राजनितिमा लागि समाजसेवा गरेका खडक बहादुर थनेतकाे घरमा माेहन विक्रम सिंहकाे पालामा केन्द्रीय बैठक बसेकाे, निर्मला लामा, माेहन बैद्य, प्रचण्ड, बाबुराम लगायतले उहाँकाे घरमा पटक पटक बैठक बसेकाे र विभिन्न कार्यक्रमहरू गरिएकाे समेत जनाईएकाे छ ।
२००६ सालमा जन्मनु भएका खडक बहादुरकाे ६ बर्ष अघि ६७ बर्षकाे उमेरमा निधन भएकाे थियाे ।
खडक बहादुर स्मृति ग्रन्थ प्रकाशन समितिका सदस्य पतिराम थनेतकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सहजिकरण रामराज पंण्डितले गर्नु भएकाे थियाे ।