
समुह अनुसार हेर्नसहोस
कृषि
गुणस्तरहीन वस्तु उत्पादन र बिक्री गर्नेलाई कारबाही गर्न माग
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले गुणस्तरहीन वस्तु उत्पादन र बिक्री गर्ने कम्पनीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।
बैठकको शून्य समयमा सांसद इन्दिरादेवी गौतमले भनिन्, ‘हामीले उपभोग गर्ने कतिपय गुणस्तरहीन…
स्ट्रबेरीखेतीबाट वार्षिक छ लाख बचत
दाङ । किसान वीरेन्द्र खड्काले व्यावसायिक रूपमा स्ट्रबेरी (भुइँऐसेलु)को खेती गर्दै आएका छन् ।
आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचका साथ उनी विगत दुई वर्षदेखि स्ट्रबेरीखेतीमा लागेका छन् । उमेरले २६ वर्ष पुगेका उनले यही व्यवसायबाट…
कृषकलाई भुक्तानी गर्न बाँकी रहेको दुध विक्री रकम यथाशिघ्र भुक्तानी गर्न निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषकलाई भुक्तानी गर्न बाँकी रहेको दुध विक्री रकम यथाशिघ्र भुक्तानी गर्न निजी डेरीहरुलाई निर्देशन दिएको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले दुग्ध…
रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न ठोस कार्ययोजना अघि बढाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिएका छन् ।
उनले मन्त्रालयसँग सम्बन्धित विभिन्न विषयमा आज…
अम्रिसोबाट आम्दानी लिँदै म्याग्दीका किसान
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका– ५ अर्मनकी तेजकुमारी बुढाथोकीले बारी र पाखोमा लगाएको अम्रिसो खेतीबाट गत वर्ष तीन लाख आम्दानी गरे । यस वर्ष चार लाख बढी आम्दानी गर्ने उद्देश्यका साथ अम्रिसो खेती विस्तार गरेको उनले बताए ।…
डेढ करोड लगानीमा व्यावसायिक फलफूल खेती
बागलुङ । जिल्लाको ढोरपाटन नगरपालिका–५ पाखापानी भौगोलिक रूपमा विकट मानिन्छ ।
विकटताका कारण पर्याप्त सेवा सुविधा गाउँमा पुग्न सकेको छैन । युवापुस्ता विदेश पलायन भएका छन् भने अधिकांश गाउँमा बस्ने सुविधाको खोजीमा बजार झरिरहेका…
आज कति छ तरकारी र फलफूलको थोक मूल्य ?
काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा…
खेतबारीमा सिँचाइ गर्न सोलार वाटर लिफ्टिङ आयोजना
खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारस्थित दाल्फुका ३२ घरका स्थानीयको खेतबारी सिञ्चित गर्न सोलार वाटर लिफ्टिङ आयोजनाको काम सुरु गरिएको छ ।
स्थानीय फिर्कुखोलाको पानी साविकको च्यास्मीटार–४ दाल्फुमा निकालेर खेतबारी…
सुन्तलाले फेरिएको बाँसखर्कको पहिचान, पूरै गाउँ सुन्तलाखेतीमा
म्याग्दी । पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ५२ वर्षअघि बलबहादुर अर्मजा र बलबहादुर खत्रीले सुन्तलाका बिरुवा लगाउँदा तप्केनी भई खेतीबाली बिग्रन्छ भनेर छिमेकीले उखेलेर फालिदिएका थिए ।
बाँसखर्कमा व्यावसायिक सुन्तलाखेती…
पौवादुङमाद्वारा किसानलाई उन्नत जातको गाई वितरण
भोजपुर । पौवादुङमा गाउँपालिकाले दूधमा आत्मनिर्भर बन्दै किसानलाई आयआर्जनमा जोड्न उन्नत जातको गाई वितरण गरेको छ ।
यहाँका पशुपालनका लागि उपयुक्त मानिने तीन वडाका ७५ किसानलाई पहिलो चरणमा उन्नत जातको गाई वितरण थालेको हो ।…