Shivam

नेपाल प्रहरीमा डिआईजी बढुवा सिफारिस : को-को परे सूचीमा?

0
Burger

 काठमाडौं । नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डिआईजी) पदका लागि गृहमन्त्रालयले ११ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)को बढुवा सिफारिस गरेको छ ।

बढुवा सिफारिस सूचीको शीर्ष स्थानमा सुदर्शनप्रसाद कोइराला परेका छन् । उनीसँगै विनोद घिमिरे, दिपेन्द्र घर्ती क्षेत्री, दिपक रेग्मी, माधवप्रसाद श्रेष्ठ, दिलिप सिंह देउवा, दिपककुमार बस्नेत, ओमबहादुर राना, जयराज सापकोटा, संजीव शर्मा दास र सुरेन्द्रबहादुर गुरुङको नाम सिफारिसमा परेको छ ।

उनीहरूलाई रिक्त ११ डिआईजी पदका लागि बढुवा गर्न सिफारिस गरिएको हो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।