नवनियुक्त गभर्नर डा. विश्व पौडेलले प्रधानन्यायाधीशबाट लिए सपथ

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले पदभार ग्रहण अघि सपथ लिएका छन् । उनले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष शपथ लिएका हुन् ।
गभर्नरको पद एक महिनाअघि नै भर्ने कानुनी व्यवस्था हुँदाहुँदै पनि सत्तारूढ नेपाली कांग्रेस र एमालेबीचको राजनीतिक तानातानका कारण गभर्नर नियुक्ति ४४ दिन ढिलो भएको हो ।
मंगलबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित सिफारिस समितिले डा. विश्व पौडेल, कामु गभर्नर नीलम ढुंगाना तिम्सिना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो । सोही दिन पौडेललाई गभर्नरमा नियुक्त गरिएको हो ।
