Shivam

मध्यपूर्वको तनावपूर्ण परिस्थितिप्रति गगन थापाको चिन्ता, सुरक्षित रहन आग्रह

0
Burger

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मध्यपूर्वमा विकसित पछिल्लो तनावपूर्ण परिस्थितिप्रति चिन्ता व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले विभिन्न देशहरूमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सुरक्षा झनै संवेदनशील बनेको उल्लेख गर्दै सुसूचित रहन र सुरक्षा सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

अत्यावश्यक कामबाहेक सुरक्षित स्थानमै बस्न, सुरक्षा नियमहरूको पूर्ण पालना गर्न तथा आफ्नै सुरक्षामा विशेष ध्यान दिन उनले अनुरोध गरेका छन् ।

थापाले नेपाल सरकार, परराष्ट्र मन्त्रालय र सम्बन्धित देशस्थित नेपाली राजदूतावासहरूलाई त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे निरन्तर जानकारी लिई तत्काल सहायता तथा सुरक्षित व्यवस्थापनका लागि अविलम्ब प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।