“सिमानाको सास्तीदेखि मलको अभावसम्मः मर्चवारका हरेक पीडाको एकै समाधान—भोपेन्द्र प्रसाद यादव !”


मर्चवार, रुपन्देही ।
रुपन्देहीको दक्षिणी सिमानासँग जोडिएको मर्चवार क्षेत्र, जसको पहिचान नेपालको अन्न भण्डारको रुपमा रहेको छ । यहाँका किसानको पसिनाले देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउँछ। तर, विडम्बनाको कुरा के छ भने, जुन माटोले देशको भोक मेटाउँछ, त्यही माटो सिञ्चित गर्ने किसानका आँखाहरू आज आँसुले भरिएका छन्। मर्चवारका किसानहरूले वर्षौंदेखि भोग्दै आएको मलखादको हाहाकार, सिँचाइको अभाव र राज्यको उपेक्षा अब कुनै लुकेको विषय रहेन।
यही निराशाको बीचमा आशाको किरण बनेर उदाएका छन् – जनमत पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादव । मर्चवारको धूलो र हिलोमा भिजेका यादव केवल एक राजनीतिक अनुहार मात्र होइनन्, उनी किसानको हकहितका लागि रगत र पसिना बगाउने एक योद्धा हुन्।
किसानको पीडा र मर्चवारको वास्तविकता
मर्चवारका विभिन्न वडा र गाउँहरू पुग्दा किसानका समस्याहरूको चाङ भेटिन्छ। लुम्बिनी सांस्कृतिक नगरपालिका–२ का शिव कु. राई, वडा नं. १२ का सतिन्द्र शिरवस्ती र सुरेन्द्र यादव, एवं वडा नं. २ का मनोज गुप्ताका समस्याहरू प्रतिनिधि पात्र मात्र हुन्। उनीहरू भन्छन्, “खेती गर्ने बेला भयो कि मलको लागि रुवाबासी सुरु हुन्छ। सरकारी अनुदानको मल कहाँ जान्छ, कसैलाई थाहा छैन।”
कोटहीमाई गाउँपालिकाका किसानहरूको पीडा पनि कम छैन। वडा नं. १ का श्यामसुन्दर केवट, वडा नं. २ का रामचन्द्र यादव, वडा नं. ४ का झिनका खान र वडा नं. ५ का दयाशंकर पाल जस्ता किसानहरूले दशकौँदेखि एउटै कुराको प्रतीक्षा गरिरहेका छन् ः समयमा युरिया र डीएपी मल । त्यस्तै, मायादेवी गाउँपालिकाका नन्धुमा बानिया, मनोज जयसवाल र गुन्जा बरईको अनुभवमा, किसानले आफ्नो अधिकार माग्दा जहिले पनि अपमान मात्र पाएका छन्।
भोपेन्द्र यादवः आन्दोलनको भट्टीबाट जन्मिएको नेता
मर्चवारले धेरै नेता देख्यो, तर संकटको समयमा किसानको साथमा उभिने नेताको सधैँ खडेरी पर्यो। भोपेन्द्र प्रसाद यादव त्यस्तो नाम हो, जसले किसान आन्दोलनको अगुवाइ गर्दै गर्दा सत्ताको दमनलाई कहिल्यै टेरेनन्। किसानलाई मल दिलाउन सडक ठप्प पार्नेदेखि मधेशी समुदायको पहिचान र हकहितका लागि लड्नेसम्म, उनले आफ्नो जीवनको ऊर्जावान समय आन्दोलनमै बिताएका छन्।
यही लडाइँका क्रममा उनी पटक–पटक राज्यद्वारा धरपकडमा परे र जेलको चिसो छिँडीमा कोचिए। तर, जेलका पर्खालहरूले उनको किसान प्रतिको प्रतिवद्धतालाई कहिल्यै कमजोर बनाउन सकेन। मर्चवारी गाउँपालिकाका अखिलेश यादव, सुनिल मौर्य, र विजय यादव लगायतका युवाहरू भोपेन्द्रलाई केवल नेता मान्दैनन्, उनीहरू उनलाई मर्चवारको ‘मुक्तिको नायक’ देख्छन्।
मलखादको समस्याः एउटा गम्भीर चुनौती र समाधानको खाका
मर्चवारमा मलको अभाव हुनुमा केवल आपूर्ति कम हुनु मात्र कारण होइन, बरु वितरण प्रणालीमा रहेको भ्रष्टाचार र राजनीतिक इच्छाशक्तिको कमी प्रमुख हो। भोपेन्द्र यादवले यस समस्यालाई समाधान गर्न ठोस योजना अघि सारेका छन्ः
१. वडा–स्तरीय सहकारी भण्डारणः प्रत्येक वडामा किसान सहकारी मार्फत सिजन सुरु हुनुभन्दा अगावै मल भण्डारण गर्ने।
२. किसान परिचय पत्रः वास्तविक किसानको पहिचान गरी सोझै हातमा अनुदान पु¥याउने प्रणाली विकास गर्ने।
३. सीमा सुरक्षा र सहजीकरणः सीमा क्षेत्रमा किसानले व्यक्तिगत प्रयोजनका लागि ल्याउने मलमा हुने सास्ती हटाउन विशेष कूटनीतिक र प्रशासनिक पहल गर्ने।
मर्चवारी–६ का अब्दुल हमिद फकिर र मर्चवारीका राजेन्द्र यादव जस्ता अनुभवी व्यक्तिहरुले भोपेन्द्रले नेतृत्व पाए भने मर्चवारको किसानले मलका लागि कहिल्यै प्रहरीको लाठी खानु नपर्ने बताउँछन् । उनीहरु मर्चवारका जनताका लागि काम गर्ने नेता भोपेन्द्र यादव मात्रै भएको बताए । पदमा नभएपनि जनताको घरदैलोमा पुग्ने नेता यादव रहेको स्थानियहरुको बुझाई छ ।
जनमत पार्टी र ‘हर्न’ छापको सान्दर्भिकता
जनमत पार्टीले अघि सारेको “किसान राज” को अवधारणा मर्चवारको लागि सबैभन्दा उपयुक्त देखिन्छ। भोपेन्द्र यादव राष्ट्रिय सचिव हुनुको नाताले पनि मर्चवारका समस्यालाई राष्ट्रिय स्तरमा पु¥याउन सक्ने सक्षम व्यक्तित्व हुन्। उनको चुनाव चिन्ह लाउड स्पिकर (हर्न छाप) आज मर्चवारका घर–घरमा परिवर्तनको प्रतीक बनेको छ। यो हर्न केवल आवाज मात्र होइन, यो सुतेको सत्तालाई ब्युँझाउने गर्जनको रुपमा अघि देखिन्छ । हर्न छाप अहिले किसानको घरमा हुने समृद्धि र विकासको बिगुल सावित बन्दै जाने देखिन्छ ।
