Shivam

नेक्स्टजेन च्याम्पियनसिप’ मा अनुस्का, अर्णव र सम्राटले मारे बाजी

0
Burger

बुटवल ।प्रविधिको क्षेत्रमा बालबालिकाहरूको रुचि र दक्षता बढाउने उद्देश्यका साथ नियमित रूपमा आयोजना हुँदै आएको ‘नेक्स्टजेन च्याम्पियनसिप – २०८३’ अन्तर्गत तेस्रो हप्ताको प्रतिस्पर्धा सफलतापूर्वक सम्पन्न भएको छ ।

स्मार्ट आईटी सोलुसनद्धारा सञ्चालित यस प्रतियोगितामा विद्यार्थीहरूले विभिन्न डिजिटल विधामा आफ्नो उत्कृष्ट कौशल प्रदर्शन गरेका छन् ।

कार्यक्रमलाई व्यवस्थित रूपमा सम्पन्न गर्न कार्यक्रम संयोजक प्रदीप अग्रहरीले मुख्य भूमिका निर्वाह गर्नुभएको थियो भने कार्यक्रममा ज्ञानपुञ्ज स्कुलका सहायक प्रधानाध्यापक भीम बस्नेतको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै सहायक प्रधानाध्यापक बस्नेतले सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको कामनासहित शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

वर्तमान परिप्रेक्ष्यमा किताबी ज्ञानसँगै यस्ता प्रविधिको प्रयोगात्मक प्रतिस्पर्धाले विद्यार्थीहरूको चौतर्फी विकास र आत्मविश्वास बढाउन ठूलो मद्दत पुर्‍याउने धारणा उहाँले राख्नु भयो ।

यस च्याम्पियनसिपको तेस्रो हप्ता अन्तर्गत विभिन्न तीन वटा विधामा आधारित प्रतिस्पर्धा गराइएको थियो, जसको नतिजा उत्साहजनक रहेको छ ।

कम्प्युटर र सफ्टवेयरको माध्यमबाट कलात्मक सिर्जना प्रस्तुत गर्ने कक्षा ७–८ को ‘डिजिटल ग्राफिक डिजाइन च्यालेन्ज’ विधामा अनुस्का शर्माले प्रथम स्थान हासिल गर्नुभएको छ भने आरभ आचार्य द्वितीय र अबिरल पौडेल तृतीय हुन सफल हुनुभएको छ ।

त्यस्तै, व्यावहारिक जीवन र व्यावसायिक क्षेत्रमा उपयोगी मानिने कक्षा ५–६ को ‘डिजिटल बिलिङ च्यालेन्ज’ विधामा अर्णव पौडेल प्रथम घोषित हुनुभएको छ भने उहाँलाई पछ्याउँदै रिवाज पोखरेलले द्वितीय र कृपेश पौडेलले तृतीय स्थान सुरक्षित गर्नुभएको छ ।

प्रारम्भिक उमेरका बालबालिकाहरूको कम्प्युटर किबोर्डमा गति र शुद्धता परीक्षण गरिने कक्षा ३–४ को ‘स्पिड टाइप च्यालेन्ज’ प्रतिस्पर्धामा सम्राट डुम्रे प्रथम हुन सफल हुनुभएको छ भने यसै विधामा बिक्रान्त भण्डारी द्वितीय र अनन्या थापा तृतीय बन्नुभएको छ ।

विद्यालय तहदेखि नै विद्यार्थीहरूलाई प्रविधिको सही सदुपयोग गर्न सिकाउने र उनीहरूमा लुकेको प्राविधिक प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले यो शृङ्खलाबद्ध च्याम्पियनसिप आयोजना गरिएको आयोजकले जनाएका छन् ।

प्रतियोगिताका विभिन्न विधामा उत्कृष्ट स्थान हासिल गर्न सफल विजेता विद्यार्थीहरूलाई मेडल, पुरस्कार तथा प्रमाणपत्रद्वारा प्रोत्साहित एवं पुरस्कृत गरिएको छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।