Shivam

स्मार्ट आईटी सोलुसनको ‘साप्ताहित डिजिटल प्रतियोगिता’ लुम्बिनी शिक्षालयमा सम्पन्न, उत्कृष्टहरु पुरस्कृत

0
Burger

बुटवल । प्रविधिको क्षेत्रमा नयाँ पुस्तालाई व्यावसायिक र दक्ष बनाउने उद्देश्यका साथ स्मार्ट आईटी सोलुसनले आयोजना गर्दै आएको ‘साप्ताहिक डिजिटल प्रतियोगिता’ यस पटक लुम्बिनी शिक्षालयमा भव्यताका साथ सम्पन्न भएको छ ।

आइतवार विद्यार्थीहरूमाझ प्रविधिको ज्ञान, रचनात्मकता र डिजिटल सीपको विकास गराउने लक्ष्यसहित आयोजित यस प्रतियोगितामा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

प्रतियोगितामा सहभागी कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरूलाई लक्षित गरी उनीहरूको उमेर र क्षमता अनुसार विभिन्न विधामा प्रतिस्पर्धा गराइएको आयोजक स्मार्ट आईटी सोलुसनले जनाएको छ । अल्फा लुम्बिनी ई.बोर्डिङ्ग स्कुल(लुम्बिनी शिक्षालय)मा कक्षा ३ र ४का विद्यार्थीहरुलाई डिजिटल आर्ट च्यालेन्ज अन्तरगत दिक्षान्त पौडेल प्रथम, प्रसंसा सुनार द्धितिय र आरभ अग्रहरी तृतिय भएका छन् ।

यस्तै कक्षा ५ र ६ का विद्यार्थीहरुलाई टाइप राइट च्यालेन्ज आनन्द अर्याल प्रथम, क्रिपेश पौडेल द्धितिय र रिवाज पोखरेल तृतिय भएका छन् भने कक्षा ७ र ८का विद्यार्थीहरुलाई प्रेजेन्ट एक्स च्यालेन्जमा प्रतिस्पर्धामा सुवर्ण चौधरी प्रथम, जगत पौडेल द्धितिय र शसांक गौतम तृतिय स्थान भएका छन् ।

प्रतियोगितमा उत्कृष्ट विद्यार्थीहरुलाई नगद पुरस्कार सहित आकर्षक ट्रफी तथा प्रमाणपत्र प्रदान प्रदान गरिएको छ भने सहभागी सम्पूर्ण विद्यार्थीहरुलाई सहभागीतको प्रमाण पत्र समेत प्रदान गरिएको कार्यक्रम संयोजक बद्री पोखरेलले जानकारी दिनु भयो ।

उहाँले यस्ता प्रतियोगिताले बालबालिकामा सिर्जनशीलता, डिजिटल सीप, र प्रतिस्पर्धात्मक भावनाको विकास गराउनुका साथै भविष्यमा आईटी क्षेत्रमा करियर बनाउन प्रेरित गर्ने बताउनु भयो ।

कार्यक्रममा स्मार्टआईटी सोलुसन इनोभेसन एन्ड रिसर्चका डा. मिन प्रसाद खनालको विशेष उपस्थिति रहेको थियो । कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न विद्यालयका प्रधानाध्यापक पुष्कर थापा, सहायक प्रधानाध्यापक सतिश गैरे र प्रशासन प्रमुख बिन्दु योगीले विशेष भूमिका खेल्नुभएको थियो।

त्यस्तै, एकेडेमिक इन्चार्ज धन बहादुर चिडी मगर, कक्षा २ र ३ की इन्चार्ज सुनिता श्रेष्ठ र प्रि–प्राइमरी इन्चार्ज पुजा गैरेले विद्यार्थीहरूको उत्कृष्ट प्रदर्शनको प्रशंसा गर्दै विद्यालयले सानै उमेरदेखि डिजिटल साक्षरतालाई प्राथमिकता दिँदै आएको कुरामा जोड दिनुभयो।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।