Shivam

नवलपुरमा प्रथम खेलकुद महाेत्सव हुँदै

0
Burger

नवलपुर । १८ भाद्र ।

नवलपुरको कावासोतीमा प्रथम नवलपुर खेलकुद महोत्सव सञ्चालन हुने भएको छ । यही असोज २ गते देखि १६ गते सम्म महोत्सवको आयोजना हुने शनिवार पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो । नवलपुर युवा मञ्चका अध्यक्ष मंगल लामाले महोत्सवका बारे जानकारी गराउनु भएको हो । महोत्सवमा फुटबल, भलिबल, म्याराथन दौड, स्लो बाईक रेस, स्लो साईकल रेस, घैटों फुटाई खेल, ग्रुप (समूह) मा रसी तनाई र बाँसको लिङ्गा चढाई गरि ८ वटा खेलहरु संचालन गरिने अध्यक्ष लामाले बताउनु भयो ।

महोत्सवमा खेलकुदसंगै विभिन्न सांस्कृतिक कार्यक्रमहरु, बाल उद्यान तथा मनोरञ्जनका सामाग्रीहरु सहित विभिन्न किसिमका व्यापारीक स्टलहरु पनि रहने जनाईएको छ । जहाँ २० जना स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरु आउने छन् । कार्यक्रममा टिकट शुल्क १०० तोकिएको छ । विद्यार्थीहरुका लागि ५० कायम गरिएको छ भने जेष्ठ नागरिक र १० वर्ष मुनिका बालबालिकाहरुलाई नि:शुल्क गर्ने बताईएको छ । अध्यक्ष लामाका अनुसार महोत्सवमा अनुमानित खर्च रकम १५ लाख र अनुमानित आम्दानी २० लाख आंकलन गरेको बताएका छन् । प्रतियोगिताको दर्ता समय भदौ २४ गते बेलुका ६ बजेसम्म रहने छ भने छनोट खेल भदौ २५ गते हुने आयोजकले जनाएको छ ।

त्यस्तै फुटबल प्रतियोगितामा प्रथम हुनेलाई नगद २ लाख सहित प्रमाणपत्र, ट्रफि, मेडल, द्वितीयलाई नगद १ लाख, प्रमाणपत्र, ट्रफि मेडल, एक खेलको मेन अफ द म्याच प्रत्येक दिन १ हजार, उत्कृष्ट खेलाडी ८ हजार नगद, प्रमाणपत्र र मेडल, उत्कृष्ट गोल किपर र उत्कृष्ट गोल कर्तालाई ५।५ हजार नगद, प्रमाणपत्र र मेडल प्रदान गर्ने छ भने प्रबेश शुल्क १० हजार रहेको छ ।

भलिबल प्रतियोगितातर्फ प्रथम हुनेलाई नगद ७० हजार प्रमाणपत्र, ट्रफि मेडल, द्वितीयलाई ४० हजार, प्रमाणपत्र, ट्रफि मेडल, तृतियलाई नगद २० हजार नगद, प्रमाणपत्र, ट्रफि मेडल, उत्कृष्ट खेलाडिलाइै ५ हजार रहेको छ भने यसको प्रबेश शुल्क ५ हजार रहेको छ ।
पुरुष खुल्ला म्याराथन दौड १० कि.मि.मा प्रथम हुनेलाई नगद १० हजार, प्रमाणपत्र, ट्रफि, मेडल, द्वितीयलाई ५ हजार नगद, प्रमाणपत्र, ट्रफि मेडल, तृतियलाई नगद ३ हजार, प्रमाणपत्र, मेडल र अन्य ७ जनालाई १।१ हजार प्रमाणपत्र, मेडल प्रदान गरिने छ भने प्रबेश शुल्क २ सय रहेको छ

महिला खुल्ला म्याराथन दौड ५ कि.मि मा प्रथम हुनेलाई नगद ५ हजार प्रमाणपत्र, ट्रफि मेडल, द्वितीयलाई ३ हजार नगद, प्रमाणपत्र, ट्रफि, मेडल, तृतियलाई नगद २ हजार, प्रमाणपत्र, मेडल र अन्य ७ जनालाई ५।५ सय प्रमाणपत्र, मेडल प्रदान गरिने छ भने प्रबेश शुल्क १ सय रहेको छ ।
स्लो बाईक रेस प्रतियोगितामा प्रथम हुनेलाई नगद ८ हजार प्रमाणपत्र, मेडल, द्वितीयलाई ४ हजार, प्रमाणपत्र, मेडल, तृतियलाई नगद २ हजार, प्रमाणपत्र, मेडल र चौथो र पाचौँलाई १।१ हजार प्रदान गरिने छ । भने प्रबेश शुल्क २ सय ५० रहेको छ ।
स्लो साईकल रेस प्रतियोगितामा प्रथम हुनेलाई नगद ५ हजार प्रमाणपत्र, द्वितीयलाई ३ हजार, प्रमाणपत्र, तृतियलाई नगद १ हजार, प्रमाणपत्र र चौथो र पाचौँलाई ५।५ सय प्रदान गर्ने छ भने प्रबेश शुल्क १सय ५० रहेको छ ।
ग्रुप रसी तनाई प्रतियोगितामा प्रथम हुनेलाई नगद ६ हजार प्रमाणपत्र, द्वितीयलाई नगद ४ हजार, प्रमाणपत्र, तृतियलाई नगद २ हजार, प्रमाणपत्र, प्रदान गर्ने छ भने प्रबेश शुल्क ३ सय रहेको छ । त्यस्तै घैटो फुटाई प्रतियोगिता तर्फ प्रबेश शुल्क ५० रहेको छ भने पुरस्कार स्वरुप ५ सय रहेको छ । बाँसको लिङ्गा चढाई प्रतियोगितामा भने पुरस्कार स्वरुप कुखुराको भाले रहेको छ । यसमा प्रबेश शुल्क ५० रुपैयाँ रहेको छ ।

नवलपुर युवा मञ्च कावासोतीको मुख्य आयोजनामा सो महोत्सव हुने भएको हो । सह आयोजनामा नवज्योति युवा क्लव कावासोती, भानु युथ एकेडेमी कावासोती र मोर्डन युथ क्लप दुम्किबास संगै दलित मुक्ति अभियान नवलपुर, आदिवासी जनजाति एकता मञ्च कावासोती रहेकाे छ । कावासोतीकाे नमुना सदरमुकामकाे नजिक रहेकाे खेल मैदानमा प्रथम नवलपुर खेलकुद महोत्सव हुने भएको हाे ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।