Shivam

माअाेवादी केन्द्र नवलपुरले मनायाे २३ अाैं बासु स्मृति दिवश

0
Burger

नवलपुर । २३ भदौ ।
जनयुद्धका क्रममा राज्यपक्षबाट हत्या गरिएका तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का बैकल्पिक पोलिटव्युरो सदस्य सुरेश बाग्ले ‘बासु’ र नेता भिमसेन पोखरेल ‘बैरागी’ काे २३ अाैं स्मृति दिवस नवलपुरकाे गैडाकाेट र कावासाेतीमा बिहीबार ( अाज) मनाईएकाे छ । स्मृति दिवसको अवसरमा पारेर माअाेवादी केन्द्र नवलपुरकाे जिल्ला पार्टी कार्यलय कावासाेती र नगर पार्टी कार्यलय गैडाकाेटमा मनाईएकाे हाे । कार्यक्रममा सुरेश बाग्लेले गरेकाे याेगदानकाे चर्चा गर्दै उनकाे तस्बिरमा टिका र माल्यार्पण गरिएकाे थियाे ।

वि स २०४७ सालदेखि शिक्षण पेशा छोडेर कम्युनिष्ट राजनीतिमा होमिनु भएका नेता वाग्ले माअाेवादीले जनयुद्धको थालनी गरेसंगै भूमिगत हुनुभएको थियो ।

१७ बर्षसम्म शिक्षण सेवामा बिताउनु भएका नेता वाग्ले पार्टी भित्र बैचारिक, सांगठनिक र दृढ संकल्प भएको नेताका रुपमा चिनिनुहन्थ्यो । गोरखाको आपँपिपल गां.वि.सको रातडाँडा भन्ने ठाउँमा बि.स २०१० साल भाद्र २४ गते जन्मिनु भएका नेता वाग्ले सानै देखि बिद्रोही स्वभावको हुनुहन्थ्यो । बि.स २०५६ साल भदौ २३ गतेका दिन बिरामी अबस्था रहुन भएका नेता वाग्लेलाई पार्टी कामका शिलशिला रहनु भएका बेला गाँखु गा.वि.स मा प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको थियो ।

स्मृति कार्यक्रममा माअाेवादी केन्द्रका पाेलिटब्यूराे सदस्य किशन शर्मा, प्रदेश समिति सदस्य कृण्ण प्रसाद पराजुली (परिवर्तन), लाेक प्रसाद भूर्तेल ( भिषण), यम सारू, जेष्ठ कम्युनिष्ट मञ्चका केन्द्रिय सदस्य धर्म के सी, पार्टी जिल्ला समन्वय सदस्य दुर्गा भूषाल, देवचुली नगर उपाध्यक्ष बिक्रम मल्ल लगायत नेताहरूकाे उपस्थिति रहेकाे थियाे ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।