गायक / सर्जक हुम गैरे प्रदेश सभा निर्वाचनका लागि समानुपातिकबाट सिफारिस

पाल्पा ।
गायन, सिर्जना र उद्घोषणमा समेत सफल र स्थापित नाम हो हुम गैरे । उनी पछिल्लो समयमा कलाकारितामा कम, राजनीतिमा बढी सक्रिय देखिन्छन्।
गैरेले राजनीतिमा चालेको सकारात्मक सक्रियताको प्रतिफल स्वरुप आगामी मंसीर ४ गते हुने प्रदेश सभा निर्वाचनमा समानुपातिक उम्मेदवारको लागि सिफारिस भएका छन्।
पाल्पा निर्वाचन क्षेत्र नं.१ (क) बाट नेकपा एमालेको तर्फबाट समानुपातिक उम्मेदवार को लागि सिफारिस भएका हुन् ।
नेकपा एमाले पाल्पा जिल्ला कमिटी सदस्य तथा राष्टिय जन साँस्कृतिक महासंघ नेपालको केन्द्रिय सदस्य समेत रहेका गैरे विभिन्न संघ संस्थामा आवद्व रहेर सामाजिक कार्य गर्दै आइरहेका छन् ।
आफुलाई योग्य देखेर पार्टीले मुल्यांकन गरेर सिफारिस गरेकोमा खुसी व्यक्त गर्दै विजयी भए पनि नभए पनि निरन्तर पाल्पाको सुख र दुःखमा संगै रही जनता कै सेवामा लाग्ने गैरेले बताए।
करिब ६ सय जति गीतहरुमा शब्द संगीत भरेका गैरेले करिब १०० गीतमा आवाज दिएका छन् भने हरेक चुनावमा एमालेको पक्षमा जनमत सिर्जना गर्न गीतहरु निकाल्ने गर्दछन् । गीत गायर तथा स्टेजशो गरेर प्रशस्तै फ्यान कमाएका गैरेलाई राजनीतिमा पनि सफलता पाउन सहज नै देखिन्छ ।
