अाेलीकाे हैकमवाद बिरूद्ध बनेकाे हाे गठबन्धन : शशांक

नवलपुर, कार्तिक ३ ।
अाेलीकाे हैकमबाद बिरूद्ध अाफूहरूकाे गठबन्धन बनेकाे नेपाली काँग्रेसकाे पूर्व महामन्त्री शशांक काेईरालाले बताएका छन् । अाेलीले दुई दुई पटक संसद बिघटन गरेर अाफ्नाे हैकमबाद लादेका कारण हाम्राे गठबन्धन बनेकाे बताएका छन् । लाेकतान्त्रिक वाम गठबन्धनकाे चुनाव परिचालन समितिकाे जिल्ला सम्पर्क कार्यलय उद्घाटन गर्दै काेईरालाले उक्त भनाई राखेका हुन् । कावासाेतीमा लाेकतान्त्रिक वाम गठबन्धन तथा ५ दलिय गठबन्धनकाे सम्पर्क कार्यलय खाेलिएकाे छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका काेईरालाले नेपाल सम्भावनै सम्भावनाकाे देश भएकाले हामीहरू एकजुट भएर लागे देश विकासकाे ढिलाे नहुने समेत बताएका छन् । काेईराला नवलपुर क्षेत्र नं. १ काे उम्मेद्वार रहेका छन् ।
कार्यक्रममा नवलपुर क्षेत्र नं. २ का उम्मेद्वार बिष्णु कार्की, १ क का उम्मेद्वार महेन्द्रध्वज जि सी, १ ख का उम्मेद्वार लाेक प्रसाद भूर्तेल, २ क का उम्मेद्वार साेम सिर्पाली र गठबन्धनका सबै समानुपातिक उम्मेद्वारहरूकाे उपस्थिति रहेकाे थियाे । २ ख का उम्मेद्वार डा. गाेपाल खनाल भने पाेखरा बैठकमा हुनाले उपस्थिति नहुनु भएकाे जनाईएकाे छ ।
नवलपुरकाे क्षेत्र नं. १, २ र १ (क) मा काँग्रेसकाे उम्मेद्वारी रहेकाे छ भने १ (ख) र २ (क) मा माअाेवादी केन्द्रकाे उम्मेद्वारी रहेकाे छ । त्यसैगरी २ (ख) मा एकीकृत समाजवादीकाे उम्मेद्वारी रहेकाे छ ।
निर्वाचन परिचालन समितिका जिल्ला संयाेजक तथा नेपाली काँग्रेसका नेता हेमराज काेईरालाकाे अध्यक्षता र जिल्ला सहसंयाेजक तथा माअाेवादी केन्द्रका नेता धनप्रसाद सापकाेटाकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएकाे हाे ।
