हेल्लाे सांसद चलाएर सधैं जनताकाे नजिक हुने : कार्की
नवलपुर । कार्तिक १२ ।
लाेकतान्त्रिक वाम गठबन्धन नवलपुर क्षेत्र नं. २ का उम्मेद्वार विण्णु कार्कीले चुनाव जितेपछि पनि जनताकाे समस्यालाई बुझ्न चुनाव सकिएकाे एक महिना भित्रै हेल्लाे सांसदकाे सेवा दिने बताउनु भएकाे छ । हुप्सेकाेट गाउँपालिकामा गठबन्धनकाे संयुक्त कार्यलय उद्घाटन गर्ने क्रममा उहाँले उक्त भनाई राख्नु भएकाे हाे । नेताले पटक पटक जितेर जाने तर जनताकाे समस्यामा सधैं उस्तै रहने हुँदा अाफू सांसदमा जितेर गए पनि सधैं काठमाण्डाैं नबसिरहने बताउनु भयाे । अाफ्नाे क्षेत्रमा रहेका ४० वटै वडाका समस्याहरूलाई संकलन गरेर क्रमश: सबै हल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएकाे छ ।
जनताकाे अधिकार, जातिगत अधिकारकाे निम्ति अाफू सधैं लडिरहने कार्यक्रमका विशेष अतिथि तथा प्रदेश सभाका उम्मेद्वार साेम सिर्पालीले प्रतिबद्धता जनाउनु भएकाे छ । माअाेवादी केन्द्रबाट उहाँकाे उम्मेद्वारी परेकाे हाे । अाफू लडेकाे प्रदेशकाे क्षेत्रमा जनजाति र दलितकाे पनि बाहुल्य रहेका कारण उनिहरूकाे अधिकारकाे निम्ति सदैव लडिरहने, भ्रष्टाचारले गिजाेलिएकाे क्षेत्रमा पनि भ्रष्टाचारमुक्त बनाउन अाफु लागिरहने बताउनु भएकाे छ ।
चुच्चे नक्सा छपाएर लुकाएकै कारण एमालेले नक्कली राष्ट्रवाद देखाएकाे प्रष्ट भएकाे कार्यक्रमका अर्का विशेष अतिथि तथा नेपाल समाजवादी पार्टी, गण्डकी प्रदेशका ईञ्चार्ज माेती रिजालले बताउनु भयाे । माअाेवादी केन्द्रबाट नै उहाँ समानुपातिक उम्मेद्वार रहनु भएकाे छ । उहाँ यस अघि नै माअाेवादी केन्द्रबाट दुई पटक प्रत्यक्षमा चुनाव लडिसक्नु भएकाे उम्मेद्वार हुनुहुन्छ । त्यसैगरी यस अघि नै नयाँ शक्ति पार्टीबाट समानुपातिक बन्द सुचीकाे उम्मेद्वार रहनु भएकाे थियाे । याे संगै उहाँ चाैथाे पटक जनतासंग भाेट माग्दै हुनुहुन्छ ।
नेकपा एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष झविलाल रानाले अाेलीकाे तानाशाह प्रवृतिले गर्दा अाफूहरू एक भएकाे बताउनु भयाे ।
त्यसै गरी राष्ट्रिय जनमाेर्चाका समानुपातिक उम्मेद्वार विकाराम चाैधरीले अाेलीकाे दम्भले गर्दा अाफूहरू एक हुनु परेकाे बताउनु भएकाे छ । यसअघि कम्युनिष्टकै नेता केशरजंङ रायमाझीले प्रतिगमनकाे कार्य गरेका थिए भने अहिले कम्युनिष्टकाे खाेल अाेडेर अाेलीले प्रतिगमनकाे कार्य गरेकाे बताउनु भएकाे छ ।
लाेकतान्त्रिक वाम गठबन्धन हुप्सेकाेट गाउँपालिकाकाे कार्यलय, हुप्सेकाेट वडा नं. १, २, ३ र ४ काे कार्यलय अाज उद्घाटन गरिएकाे थियाे ।
कार्यक्रममा कांग्रेस, माअाेवादी, एकीकृत समाजवादी, नेसपा र जनमाेर्चाका जिल्ला तहका नेताहरूकाे उपस्थिति रहेकाे थियाे ।