अदुवा र सुन्तलाकाे उपयुक्त बजारकाे लागि पहल गर्नेछाैं : विण्णु कुमार कार्की
बाैदीकाली ।
लाेकतान्त्रिक वाम गठबन्धन, नवलपुर क्षेत्र नं. २ काे चुनावी प्रचारकाे क्रममा बाैंदिकालीमा पुगेर गठबन्धनका साझा उम्मेद्वार विण्णु कुमार कार्कीले नवलपुर क्षेत्रकाे पहाडी क्षेत्रमा फल्ने सुन्तला, अदुवा, अम्रिसाे लगायत सबै खेतीकाे उपयुक्त बजारकाे लागि पहल गरिदिने बताउनु भएकाे छ । लाेकतान्त्रिक वाम गठबन्धनकाे बाैदिकाली गाउँपालिका वडा नं. ५,६ र ४ काे शनिवार सम्पर्क कार्यलय उद्घाटनकाे क्रममा उक्त भनाई राख्नु भएकाे हाे । बाैदीकालीका सुन्तला, अदुवा, अम्रिसाे लगायतकाे नगदेवालीलाई उपयुक्त बजारकाे व्यवस्थापन गर्ने, ६ महिनामा यहाँकाे माटाे परिक्षण गरेर खेती लगाउने तरिका सिकाउने, युवाहरूलाई सीपमुलुक तालिम दिलाउने जस्ताे प्रतिबद्धता जनाउनु भएकाे छ । सांसद जितेपछि हेल्लाे सांसद कार्यक्रम ल्याएर जनताकाे सधैं नजिक हुने बताउनु भएकाे छ ।
साेही कार्यक्रममा नवलपुर २ क का उम्मेद्वार साेम सिर्पालीले जनजाति, दलितकाे अधिकारलाई अझै सुरक्षित र बलियाे बनाउन अाफू लडिरहने बताउनु भएकाे छ । यस अघि साेही क्षेत्रबाट चुनाव जित्नु भएका विण्णु लामिछानेकाे अधुरा सपना अाफूले पुरा गर्ने प्रतिबद्धता जनाउनु भएकाे छ ।
त्यसै गरी २ ख का उम्मेद्वार डा गाेपाल खनालले अाफू यही क्षेत्रमा जन्मेर हुर्केकाले यहाँकाे शिक्षालयहरूमा प्राविधिक शिक्षाकाे लागि गठबन्धनले जाेड गर्ने बताउनु भएकाे छ ।
कार्यलय उद्घाटन कार्यक्रममा माअाेवादी केन्द्रका समानुपातिक उम्मेद्वार तथा नेपाल समाजवादी पार्टी, गण्डकी प्रदेश संयाेजक माेती रिजाल, ने क पा माअाेवादी केन्द्रका जिल्ला सचिव सुष्मा खनाल, नेपाली काँग्रेस नवलपुर २ क का संयाेजक रामचन्द्र भण्डारी, बाैदीकाली गाउँपालिकाका पूर्व अध्यक्ष दुर्गा बहादुर राना लगायतले मन्तव्य दिनु भएकाे थियाे ।