जब जब बाम शक्ति र लाेकतान्तिक शक्ति एक हुन्छ, देशमा परिवर्तन अाउँछ : मुख्यमन्त्री नेपाली
डेडगाउँ । २० कार्तिक ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृण्णचन्द्र नेपालीले जब जब बाम शक्ति र लाेकतान्त्रिक शक्ति एक हुन्छ तब देशमा परिर्तवन अाएकाे बताउनु भएकाे छ । बाैदीकाली गाउँपालिकामा चुनाव प्रचार अभियानकाे क्रममा उक्त भनाई राख्नु भएकाे हाे । कार्यक्रममा थप्दै २०६२ साल पनि माअाेवादी र काँग्रेस मिलेपछि देशमा परिवर्तन अाएकाे र अब पनि माअाेवादी र काँग्रेस मिलेपछि देशमा अामूल परिवर्तन हुने बताउनु भएकाे छ ।
एमाले सरकारकाे पालामा अाफ्नाे मन्त्री भएका ठाउँ बाहेक अन्यत्र रकम नहाल्दा नवलपुर जिल्लाबासी ठगिएकाे बताउनु भएकाे थियाे । हाम्राे याेजनामा सुरू भएका याेजनाहरूलाई पनि तिलक महतले अाफूले बनाएकाे भनेर भ्रम छरिरहेकाे बताउनु भएकाे थियाे । अाफू मुख्यमन्त्री भएपछि राेकिएका धेरै काम गरेकाे मुख्यमन्त्री नेपालीले जनाउनु भएकाे छ ।
अाेलीले सबै अधिकार अाफ्नै हातमा लिएका कारण नै उनकाे शक्ति भएकाे, यति र अाेम्नीलाई पाेस्ने काम गरेकाे र काेराेनाकाे महामारीमा पनि भ्रष्टाचार गर्न नछाेडेका कारण लाेकतान्त्रिक वाम शक्ति एक हुनु परेकाे जनाउनु भएकाे छ ।
शनिवार बाैदिकालीकाे वडा नं. ४, ५ र ६ मा वडा सम्पर्क कार्यलय स्थापनासंगै काेण सभा गरिएकाे थियाे भने अाइतबार बाैदीकालीका वडा नं. ३, २ र १ मा वडा सम्पर्क कार्यलय स्थापनासंगै काेण सभा गरिएकाे छ ।
कार्यक्रमका विशेष अतिथि तथा नवलपुर २ का गठबन्धनका साझा उम्मेद्वार विण्णु कार्कीले कृषिमा अाधुनिकीकरण, खानेपानीकाे सहज उपलब्धताका लागि अाफूले पहल गर्ने बताउनु भएकाे छ ।
साेही कार्यक्रममा नवलपुर २ क का गठबन्धनका उम्मेद्वार साेम सिर्पालीले प्रदेशकाे निर्णय अनुसारकाे एक घर एक धाराकाे नितिलाई कार्यन्वयनमा लैजाने प्रतिबद्धता गर्नु भएकाे छ । त्यसैगरी साेही कार्यक्रममा २ ख का उम्मेद्वार डा गाेपाल खनाल, माअाेवादी केन्द्रका समानुपातिक उम्मेद्वार तथा नेपाल समाजवादी पार्टी, गण्डकी प्रदेश संयाेजक माेती रिजाल, ने क पा माअाेवादी केन्द्रका प्रदेश सदस्य तथा बाैदीकाली ईञ्चार्ज टंक पुलामी, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि चेतन पाैडेल, तरूण दल केन्द्रीय सचिव श्याम श्रेष्ठ लगायतले मन्तव्य राख्नु भएकाे थियाे ।
कार्यक्रममा एमालेबाट पार्टी परित्याग गरी एक दर्जन नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।